चेन्नईमा पानीको हाहाकारः अस्पतालदेखि कलकारखाना, विद्यालयसम्म प्रभावित
प्रसव पीडापछि जब मंजुला श्रीधरलाई चेन्नईको एक अस्पतालको अपरेशन थिएटरमा लगियो तब डाक्टरले पानीको अभावका कारण शल्यक्रियामा ढिलाइ हुने बताएपछि उनकी आमा डाक्टरसँग झगडा गर्न थालिन् ।
सानी छोरीलाई काखमा बोक्दै मंजुलले सरकारी अस्पतालमा रत्तिभर पनि पानी नभएकाले ट्याङ्कर नआएसम्म कुर्नुपर्ने डाक्टरले भनेको झल्झल्ती सम्झिन्छिन् ।
‘हामीलाई घरमा समस्या छ, अस्पतालमा पनि समस्या छ । हामीले आफ्नै सरकारलाई कसरी विश्वास गर्ने ?’ श्रीधरले भनिन् ।
तमिलनाडुको राजधानी चेन्नई यतिबेला आफ्नो सबैभन्दा गहिरो जलसंकटसँग जुधिरहेको छ ।
प्रत्येक बिहान यहाँका हज्जारौं मानिस घरका रित्तो भाडा भर्न घण्टौं लाइन बस्छन् ।
कतिले रासनको कोटाबापत् दैनिक पानी पाउँछन् भने कतिले हप्ताको एकपटक मात्र पाउँछन् । उक्त पानीले भाँडा माझ्छन् । भाँडा माझेको पानी अर्कोपटक भाँडै माझ्न प्रयोग गर्छन् । केही सफा पानी सञ्चित गरेर खाना पकाउँछन् ।
मानिसको दैनिकी त निकै गाह्रो छ तर शहरको महत्वपूर्ण सेवाले यसको सबैभन्दा धेरै मार खेपिरहेका छन् जस्तै अस्पताल, कल–कारखाना र विद्यालयहरु ।
शहरका प्रसुती गृहले दैनिक सयौंको संख्यामा आउने आफ्ना सेवाग्राहीलाई सेवा दिन नसकिरहेको अवसस्था छ ।
‘सरकारी अस्पताल कस्तुर्ब गान्धी अस्पतालमा पानीको समस्या यति धेरै छ कि अपरेशन थिएटरका उपकरण सफा गर्न समेत पाइएको छैन,’ प्रसुती वार्डकी ३० वर्षे नर्स प्रेमाले भनिन् ।
‘मैले यस्तो समस्या कहिले पनि देखेकी थिइनँ । हाम्रोजस्ता साना अस्पताललाई कसैले पनि महत्व दिँदैनन्,’ उनले भनिन् ।
पानीको हाहाकारका कारण त्यहाँका कलकारखाना बन्द गरिएका छन् । उनीहरुसँग समस्या कहिले हट्ला भनेर प्रतिक्षा गर्नुबाहेक कुनै विकल्प छैन ।
चेन्नईको पेन्थुवन रोडका साना रेष्टुरेन्ट केही हप्ता अघिदेखि बन्दै छन् । रेष्टुरेन्ट व्यावसायी काथिरले दुई हप्तादेखि आफूले रेष्टुरेन्ट बन्द गरेको जानकारी दिँदै उनले दैनिक पाँच हजार गुमाइरहेको बताए ।
चेन्नईलाई पानी प्रदान गर्ने चार जलाशय लगभग सुकिसकेको छ । केही वर्षयता जमिन मुनीको पानीमा पनि निकै कमी आएको छ ।
‘जलाशयमा पानी निकै कम हुनु र कम वर्षाका कारण चेन्नईमा पानीको हाहाकार भइरहेको छ,’ तमिल नडुका मुख्यमन्त्री एडापाडी के.पालानिस्वामीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म