बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

सोमबार, ०९ असार २०७६, १५ : ५८
सोमबार, ०९ असार २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

धनगढीको चटकपुरस्थीत सीपी हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १०% छुट पाउन सक्नेछन् ।

यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०% छुट पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप