शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्रबोर्डको निर्देशन: धितोपत्रसम्बन्धी कार्य यी १५ कम्पनीबाट मात्र गर्नुस् (नामसहित)

सोमबार, ०९ असार २०७६, १७ : ५१
सोमबार, ०९ असार २०७६

काठमाडौं– नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिइ लगानी व्यवस्थापन कार्य नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । पछिल्लो समय सेयर व्यवसायको लगानी व्यवस्थापन सम्बन्धी कार्य बोर्डबाट अनुमति नलिइ कतिपय कम्पनीले गर्न थालेको लगानीकर्ताबाट गुनासो आएपछि त्यस्ता कम्पनीबाट काम नगर्न बोर्डले निर्देशन दिएको हो  ।

वोर्डवाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापन सम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको÷नगरेको एकिन गरेर मात्र सेवा लिन बोर्डले अनुरोध गरेको छ । 

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र  उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ ।  अहिले वोर्डवाट लगानी व्यवस्थापनको कार्य गर्न २९ वटा अनुमति प्राप्त संस्था छन् । ती संस्थाहरुबाट मात्र कारोबार गर्न बोर्डले भनेको छ । 

यी हुन् अनुमतिपत्र प्राप्त संस्थाहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप