शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा तरकारी बजारमा शंकास्पद बस्तु फेला

सोमबार, ०९ असार २०७६, १९ : ४४
सोमबार, ०९ असार २०७६

पोखरा– नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको एक दिनअघि पोखराको तरकारी बजारमा शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसार मण्डिको पार्किङ स्थलमा शंकास्पद बस्तु भेटिएको हो । 

दिउँसो करिब ४ बजेतिर शंकास्पद बस्तु देखिएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए । तत्काल यो बस्तु नै हो भनेर अहिले नै यकिन गर्न नसकिने बैदाम प्रहरी कार्यालय कास्कीका डिएसपी कोमल शाहले जानकारी दिए । 

नीलो रङको पाइपमा घडि जोडिएको प्रहरीले जनाएको छ । अहिले सबै पसल बन्द गरिएको छ ।  सोही स्थानमा नेकपा कास्कीको नाममा बन्द सफल पारौं, टाइम बम जडित डिटोमिटर अटोमेटिक लेखेको पर्चा फेला परेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका ८ बसपार्कदेखि पूर्वी भागमा पर्ने तरकारी बजारमा सय वटा सटर सञ्चालनमा छन् । नेपाली सेनाको बम डिस्पोजल टोली केही बरेमा आउने प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप