विप्लव समूहका नेता नरबहादुर कार्की बालुवाटारबाट पक्राउ
सोमबार, ०९ असार २०७६, २० : ४६
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले कार्की पक्राउ परेको पुष्टि गरे ।
नो ट्याक्स नो एनसेल अभियान चलाइरहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार अपरान्ह काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको एसएसपी सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।