शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४१ लाख नगदसहित ८ जना हुन्डी कारोबारी पक्राउ

सोमबार, ०९ असार २०७६, २१ : ५०
सोमबार, ०९ असार २०७६

काठमाडौं- पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटका विनोद सुनार, पर्साका राकपुर रसाह, भारत विहार मोतीहारीका सुनिलकुमार प्रसाद, पर्साका चन्दनकुमार सर्राफ, पर्साकै राकेशकुमार सिंह, भारत मोतीहारीका गुलाब साह, पर्साका सुजितकुमार साह र बाराका घनश्याम सर्राफ रहेका छन् ।

उनीहरुलाई पर्साको बीरगञ्ज महानगरपालिकाको माइस्थानस्थित केपी स्वर्णकला केन्द्रसँगैको कोठबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ४१ लाख ९६ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप