बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुतिरहेकी महिलालाई विमानभित्रै छोडेर गए चालक दलका सबै सदस्य, एयरलाइन्सले माग्यो माफी

मङ्गलबार, १० असार २०७६, ०९ : ११
मङ्गलबार, १० असार २०७६

एयर क्यानडाकी एक यात्रीले चालक दलका सदस्यको गल्तीका कारण निकै खराब अनुभवबाट गुज्रनु पर्यो । महिला क्यूबिकबाट पियर्सन इन्टरनेशनल एयरपोर्ट जाँदै थिइन् । विमानले उडान भरेपछि ती महिला निदाइन् । जब उनको आँखा खोलियो तब विमानभित्र पूरा अँध्यारो थियो । त्यहाँ न यात्री थिए, न चालक चलका सदस्य । विमान पार्किङ एरियामा थियो । यो पूरा घटनाक्रम महिलाका एक साथीको फेसबुक पोष्टमार्फत् सोमबार चर्चामा आयो । एयरलाइन्सले यो घटनामाथि खेद जताएको छ ।

फोनको ब्याट्रि पनि सिद्धिएको थियोः एडम

एमएसएन न्यूजका अनुसार टिफनी एडम्सले यो महिनाको सुरुमा उक्त विमानमा गरेको यात्राबारे आफ्नी साथीलाई बताएकी थिइन् । उनकी साथीले एयर क्यानडाको फेसबुक पेजमा यसबारे जानकारी दिइन् । उनले लेखिन्, ‘यात्राको क्रममा एडमको फोनको ब्याट्रि पनि सिद्धियो । यो उनका लागि एउटा खराब सपनाजस्तो थियो । आखिर यस्तो कसरी हुनसक्छ भनेर उनी सोचिरहेकी थिइन् । उनी राम्रोसँग सास फेर्न र आफूलाई प्यानिक अट्याकबाट बचाउने कोसिस गरिरहेकी थिइन् । एडमले त्यहाँ भएको हरेक युएसबी पोर्टबाट आफ्नो फोन चार्ज गर्ने कोसिस गरिन् तर विमानको बिजुली बन्द भएका कारण उनले यस्तो गर्न सकिनन् ।

एडमका अनुसार ककपिटमा एउटा टर्च भेटेपछि उनी विमानको ढोका खोल्न सफल भइन् । तर ढोका जमिनभन्दा करिब ५० फिट माथि भएको देखिन् । यस्तो स्थितीमा उनले टर्चबाट समान ल्याउने गाडीका ड्राइभरको ध्यान आफूतर्फ खिचिन् । ती ड्राइभरले एडमलाई विमानबाट निकाल्न मद्दत गरे ।

ड्राइभर पनि एडमलाई देखेर चकित भएः

एडमले ड्राइभरले पनि आफूलाई देखेर चकित भएको बताइन् । विमानका चालक दलका सदस्यले एक्ली महिला यात्रीलाई कसरी एक्लै छोड्न सकेको होला भनेर उनीहरुबीच चर्चा भयो । एयर क्यानडाले यो घटनाका लागि माफी मागेको छ ।

यसबारे एडमले भनिन्, ‘यो घटनापछि म निदाउन सकिरहेको छ । सुत्न खोज्दा झसङ्ग ब्युँझिने गर्छु ।’

एयर क्यानडाले सिटिभी न्यूजसँग भन्यो, ‘हामी यो मामलामा अनुसन्धान गरिरहेका छौं । योभन्दा बढी जानकारी दिन सकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप