मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘एकलव्य’को पहिलो गीत ‘पूर्वै चल्न्या रेल...’

मङ्गलबार, १० असार २०७६, १० : ११
मङ्गलबार, १० असार २०७६

१० साउनबाट प्रदर्शनमा आउने फिल्म हो ‘एकलव्य’ । निर्माण युनिट अहिले फिल्मको प्रचारमा जोड तोडले लागि परेको छ । शोकी क्रममा फिल्मको पहिलो गीत फिल्मको प्रचारलाई बल पुर्याउन पुग्छ धनदै निर्माण ‘पूर्वै चल्न्या रेल...’ सार्वजनिक भएको छ । 

रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर रहेको गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा एकसय बढी कोरस प्रयोग गरिएको छ । 

अनमोल शर्माको निर्देशन रहेको फिल्म पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको हो । फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनको अभिनय रहेको छ ।

‘एकलव्य’लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ ।

राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन फिल्म रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप