शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैफकी सासु जसलाई देखेपछि खाली हुन्थ्यो बस्ती, भाग्थे पुरुष

मङ्गलबार, १० असार २०७६, १० : २६
मङ्गलबार, १० असार २०७६

सन् १९७५ देखि १९७७ सम्म भारतमा संकटकाल लगाइएको थियो । त्यति नै बेला भारतमा पुरुष बन्ध्याकरणको अभियान पनि चलाइएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका कान्छा छोरा संजय गान्धीले रुखसाना सुल्तानालाई पुरानो दिल्लीका मुसलमानको बन्ध्याकरण गराउनका लागि राजी गराउने जिम्मा सुम्पिएका थिए ।

संकटकालका बेला संजय गान्धीद्वारा चलाइएको बन्ध्याकरण अभियानका प्रमुख हिस्सा थिइन् रुखसाना सुल्ताना । बन्ध्याकरणको यो काम यति डरलाग्दो तरिकाले चलाइएको थियो कि रुखसानालाई देख्नेबित्तिकै मानिसहरु डराउँथे । उनी कुनै पनि बस्तीमा पुग्नेबित्तिकै पूरा गाउँ नै खाली हुन्थ्यो ।  

संजय गान्धी देशमा परिवार नियोजनका लागि काम गरियोस् भन्ने चाहन्थे र यसका लागि उनले बन्ध्याकरणको तरिका अपनाए । उनको मान्यता थियो कि कुनै पनि देशको बढ्दो जनसंख्यालाई रोक्ने हो भने देशको तीब्र विकाश हुनेछ ।

त्यतिबेला बन्ध्याकरण जुन तरिकाले गर्न थालिएको थियो त्यसले  पुरानो दिल्लीमा जागरुकताको साटो डर फैलाएको थियो । भारतीय मिडियाका अनुसार ६० वर्षका वृद्धदेखि १८ वर्षका जवानलाई समेत समातेर बन्ध्याकरण गराइन्थ्यो, यहाँसम्म कि नव विवाहित जोडीको पनि बन्ध्याकरण गरिन्थ्यो । जसका कारण त्यहाँका मानिसहरु रुखसाना सुल्तानालाई देख्ने  बित्तिकै डराउने गर्दथे ।

संकटकालपछि भारतीय जनता पार्टीको सरकार आएपछि रुखसाना खासै चर्चित भइनन् । त्यसपछि उनीबारे खासै जानकारी छैन् । रुखसानाले शविन्दर सिंहसँग विवाह गरेकी थिइन् जो खुशवन्त सिंहका भतिजा थिए । बलिउड नायिका अमृता सिंह रुखसाना र शविन्दरकी छोरी हुन् ।

संकटकालपछि रुखसाना त्यतिबेला चर्चामा आइन् जब सन् १९८३ मा उनकी छोरी अमृता सिंहको पहिलो फिल्म ‘बेताब’ रिलिज भयो । अमृता सिंह ८० को दशककी बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनी बलिउड अभिनेता विनोद खन्नासँगको प्रेममा थिइन् । जब अमृताकी आमा रुखसानालाई यसबारे थाहा भयो तब उनले दुबैलाई अलग्ग्याउने निर्णय गरिन् ।

रुखसानाले आफ्नी छोरीलाई विनोद खन्नाबाट अलग गराउन आफ्नो शक्तिको प्रयोग गरिन् । रुखसाना यस्तो गर्न सफल पनि भइन् ।

विनोद खन्नाबाट अलग्गिएपछि अमृता सिंह आफूभन्दा १२ वर्ष कान्छा सेफ अली खानको प्रेममा परिन् । यी दुइले सन् १९९१ मा विवाह पनि गरे । यद्यपि, पछि सन् २००४ मा दुईको सम्बन्धविच्छेद भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप