मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वस्तुगत प्रश्नोत्तरः डेमोग्राफी भन्नाले के बुझिन्छ ?

मङ्गलबार, १० असार २०७६, ११ : १८
मङ्गलबार, १० असार २०७६

१. विपत् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन काठमाडौँमा कहिले सम्पन्न भयो ?
- विक्रम संवत् २०७६ जेठ २७–२८ ।
–    नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका स्थानीय तहका जनप्रतिनिधि र विज्ञको सहभागिता रहेको सम्मेलनमा चीन पनि सहभागी भएको । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एन्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा आयोजित सो सम्मेलनले सातबुँदे कार्ययोजना पारित गरेको ।

–    सम्मेलनले दक्षिण एसियामा विपत्पछिको पुनःनिर्माण र पुनः स्थापनामा दिगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहसँग सहकार्य गर्न आग्रह गरेको । सम्मेलनले स्थानीय सरकारमार्फत दिगो विकास लक्ष्य, सहरी मुद्दा एवम् विपत् जोखिम न्यूनीकरण सेन्डाई फ्रेमवर्ककोे प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकारलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको । सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपत् न्यूनीकरणका लागि सन् २०३० सम्मको सेन्डाई फ्रेमवर्क तयार पारेको थियो । त्यसैगरी, विश्वका मुद्दाको स्थानीयस्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकारात्मक अभ्यास साझेदारी गर्न दक्षिण एसियाका स्थानीय सरकार तथा तिनका सङ्घबीच सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको ।
२. मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत उत्पादन परीक्षण कहिले गरिएको हो ?
- विसं २०७६ जेठ २६ ।
(१४ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिट (७ मेवा) को जेठ २६ मा सफलतापूर्वक परीक्षण गरिएको । दोस्रो युनिटको परीक्षण करिब दस दिनभित्रै गरिने । सन् २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ देखि निर्माण थालनी गरिएको यो आयोजना विविध कारणले ढिलाइ हुन जाँदा परियोजना सम्पन्न गर्न झन्डै ११ वर्ष लागेको ।)
३. नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा २०७६ जेठमा आयोजित तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६ मा उत्कृष्ट चलचित्र कुन घोषित भयो ?
- लिम्बू भाषाको च्याब्रुङ ।
(काठमाडाँैमा सम्पन्न महोत्सवमा गुरुङ चलचित्र ‘म्ले क्यु’बाट जसमाया गुरुङ उत्कृष्ट निर्देशक, गुरुङ चलचित्र रिजेनासाबाट बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार एवम् मगर भाषाको खुर्पेटोबाट बीना थापामगर उत्कृष्ट महिला कलाकार घोषित हुनुभएको ।)
४. धुलिखेल नगरपालिका–१० लाई बालमैत्री वडा कहिले घोषणा गरिएको हो ?
- विसं २०७६ जेठ २७ ।
(उक्त वडा बालमैत्री घोषणा हुने जिल्लाको दोस्रो र प्रदेशअन्तर्गतको तेस्रो वडा रहेको ।)
५. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन’ नामक शैक्षिक अभियान कुन प्रदेशले सञ्चालन गरेको छ ?
- प्रदेश ५ (विसं २०७५ पुस १६ देखि) ।
६.    बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी अभियान’ सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
- मालिका गाउँपालिका, गुल्मी ।
(अभियानअन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झन्डा गाड्ने गरिएको ।)
७. मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?
- सुदूरपश्चिम ।
(प्रतियोगितामा प्रदेश १ द्वितीय र प्रदेश ५ तृतीय भएका ।)
८. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गर्ने निर्णय गरेको हो ?
- विसं २०७४ साउन १ ।
(वैदेशिक व्यापारलाई प्रवद्र्धन गरी निकासी पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत बनाई व्यावसायिक कारोबारमा प्रयोग हुने कागजातको सङ्ख्यालाई घटाउने उद्देश्यले सङ्केत नम्बर लागू गर्न लागिएको भन्सार विभागले जनाएको ।)
९. साङ्घाई सहयोग सङ्गठन (एससीओ) का सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
- आठ ।
(चीन, काजकिस्तान, किर्गिस्तान, रूस, ताजकिस्तान, उज्वेकिस्तान, भारत र पाकिस्तान)
–    सीमा विवादको समाधान, आतङ्कवादविरुद्ध लडाइँ, क्षेत्रीय सुरक्षा वृद्धिलगायतका उद्देश्यका साथ साङ्घाई सहयोग सङ्गठनको स्थापना सन् २००१ मा भएको । यसलाई नेटोलाई चुनौती दिने सङ्गठनका रूपमा लिने गरिएको ।
१०. सरकारद्वारा मनाउन लगिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
- गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) ।
११. नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद् अधिवेशन कुन हो ?
- विसं २०७३ वैशाख २१ देखि विसं २०७४ जेठ ४ सम्म चलेको अधिवेशन (३८१ दिनसम्म चलेको ) ।
१२. गृह मन्त्रालयले कति जातिलाई अल्पसङ्ख्यक भनी तोकेको छ ?
- ९८ (विसं २०७४ वैशाख ८) ।
१३. बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ?
- जुन १२ ।
–    अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आह्वानमा विश्वभरका बालबालिकाको अधिकारको संरक्षण र सुरक्षाका लागि सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउँदै आइएको ।
–    ‘बालबालिका श्रममा होइन, सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको ।
–    नेपालमा विसं २०६१ देखि २०७१ सम्म बालश्रम राष्ट्रिय गुरुयोजना कार्यान्वयन गरिएको तर यसको उपलब्धि न्यून रहेको ।
–    सन् २०१७–२०१८ को सर्वेक्षणअनुसार ज्याला लिने–दिने काममा संलग्न बालश्रमिकको सङ्ख्या करिब तीन लाख रहेको । यो बाहेक घरायसी काम र सेवा क्षेत्रमा संलग्न बालबालिका २१ देखि २५ लाख रहेको अनुमान ।
–    विसं २०७९ सम्म निकृष्ट र शोषणयुक्त बालश्रम तथा २०८२ सम्म सबै प्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्यसहितको बालश्रम निवारणसम्वन्धी राष्ट्रिय गुरुयोजना (विसं २०७५–२०८५) कार्यान्वयनको चरणमा रहेको ।
१४. विसं २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?
- विसं २०७२–२०८७ ।
१५. काठमाडौँ महानगरपालिकामा औपचारिक रूपमा विद्युतीय नक्सा पास प्रणाली (इबीपीएस) को सुरुवात कहिलेदेखि भयो ?
- विसं २०७२ मङ्सिर २० ।
१६. नेपालमा २०७४ मा सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्व कति प्रतिशत रहेको छ ?
- ३६.२८ प्रतिशत ।
(सङ्घीय संसद्को निर्वाचमा ३३.५३ प्रतिशत, प्रदेशसभा निर्वाचनमा ३४.३६ प्रतिशत र स्थानीय तहको निर्वाचमा ४०.९६ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएका । समग्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा महिला प्रतिनिधित्व ३६.२८ प्रतिशत रहेको ।)
१७. नेपालमा सामाजिक सुरक्षा कर कुन आर्थिक वर्षदेखि लिन सुरु गरिएको हो ?
- आर्थिक वर्ष २०६६÷०६७ ।
१८. नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच शून्य लागतमा नेपाली श्रमिक जान पाउनेगरी नयाँ श्रम समझदारी (एमओयु) कहिले भएको हो ?
- सन् २०१९ जुन १४
–    नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको । नेपालले युएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गरेको । 
–    युएईसँग नेपालले पहिलोपटक सन् २००७ मा श्रम सम्झौता गरेको थियो ।
१९. सरकारले लुम्बिनीमा कहिले संयुक्त राष्ट्रसङ्घ बुद्धजयन्ती दिवस मनाउने निर्णय गरेको छ ?
- सन् २०२० ।
(विश्वभर लुम्बिनीको महŒव उजागर गरेर पर्यटक आकर्षित गर्न दिवस मनाउने निर्णय गरिएको सरकारले जनाएको । राष्ट्रसङ्घीय महासचिवसहित विश्वका बौद्ध धर्माबलम्वी मुलुकका सरकारी प्रतिनिधि र सङ्घ–संस्थालाई आमन्त्रण गरेर दिवस मनाउने सरकारी तयारी रहेको ।)
२०. लामो समयदेखि निर्माण गर्ने चर्चामै सीमित हुँदै आएको कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
- १० हजार ८०० मेगावाट ।
(झन्डै तीन दशकअघि सन् १९८८ मा क्यानेडियन कम्पनी हिमालयन पावर कन्सल्टेन्सीले तयार पारेको अध्ययन प्रतिवेदनअनुुसार उक्त परिमाणको विद्युत् उत्पादन गर्न सकिने उल्लेख । विश्व बैङ्कको सहयोगमा गरिएको उक्त सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्ने कार्य हाल विद्युत् विकास विभागले निजी परामर्शदाता कम्पनीमार्फत गरिरहेको । २०७५ वैशाख २५ मा जारी ऊर्जा क्षेत्रको श्वेतपत्रले पाँच वर्षभित्र कर्णाली–चिसापानी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन एवम् वित्तीय व्यवस्था र विकास मोडालिटी तयार गरी निर्माण अघि बढाउने उल्लेख गरिएको । त्यस्तै, आ.व. २०७५÷०७६ को बजेटमा समेत आयोजना निर्माणका लागि प्रारम्भिक काम अघि बढाउने उल्लेख । यस अघि आ.व. २०७४÷७५ को बजेटमा यो योजनालाई नेपाल, भारत र चीनको त्रिपक्षीय मैत्री परियोजनाका रूपमा अघि बढाउने पहल थालिने उल्लेख गरिएको ।)
२१. नेपालमा कुन वर्षलाई घुमफिर वर्षका रूपमा मनाइयो ?
- विसं २०७३ ।
२२. सरकारले ‘सुरक्षित मातृत्वसम्बन्धी विशेष अभियान सञ्चालन वर्ष’ का रूपमा कुन वर्षलाई घोषणा गरेको हो ?
-विसं २०७५ (वैशाख पहिलो सातादेखि अभियान प्रारम्भ गरिएको ) ।
२३. जयतू संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ? 
- विसं २००४ असार १ ।
(संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खासगरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।)
२४.    नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारणमा एचडी प्रविधि औपचारिक रूपमा कहिलेदेखि सुरु गरियो ?
- विसं २०७५ माघ १७ ।
–    नेपाल टेलिभिजनको ३४औँ वार्षिकोत्सवको अवसरमा चारवटै च्यानल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्युज र एनटीभी कोहलपुर प्रसारणमा एचडी प्रविधि सुरु गरिएको । 
–    नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रूपमा ख्याति कमाएको नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको । 
२५.    सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
- विसं २०७५ मङ्सिर १७ ।
(शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा योगदान पु¥याउने युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहनस्वरूप सो पुरस्कार वार्षिक रूपमा प्रदान गर्नेगरी कोष स्थापना गरिएको ) ।
२६. नेपालमा जन्म, मृत्यु, विवाह, बसाइँ–सराइ आदिको दर्ता कहिलेदेखि सुरु भएको हो ?
- विसं २०३४ वैशाख १ ।
२७. डेमोग्राफी भन्नाले के बुझिन्छ ?
- जनसङ्ख्यासम्बन्धी अध्ययन गर्ने शास्त्र ।
२८. नेपालमा हालसम्म भएका सार्क शिखर सम्मेलन कुन–कुन हुन् ?
- तेस्रो, एघारौँ र अठारौँ 
२९.    २०७५ सालको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गरियो ?
-    दक्षिणायान (निबन्ध), इल्या भट्टराई ।
–    उत्तम शान्ति पुरस्कार गुठीले विसं २०७६ जेठ १२ मा सो पुरस्कार निबन्धकार भट्टराईलाई हस्तान्तरण गरेको । 
–    यो पुरस्कार विगत दुई दशकदेखि निबन्ध, जीवनीयात्रा, साहित्यलगायत गैरआख्यान विधामा प्रत्येक वर्ष प्रदान गरिँदै आएको । 

-गाेरखापत्रबाट
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप