बझाङका २ वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी, शंकास्पद वस्तु पनि फेला
मङ्गलबार, १० असार २०७६, ११ : ३२
बझाङ–बझाङका २ वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।
शुक्रबार जयपृथ्वी नगरपालिका ३ पडेस र मष्टा गाउँपालिका १ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो ।
जिआइ पाइपमा फिट गरेको अवस्थामा वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको स्थानीय शिक्षक रमेश बोहराले बताए ।
यस्तै आगजनी हुँदा जयपृथ्वी नगरपालिका ३ को वडा कार्यालयको ढोका र मष्टा गाउँपालिका १ को वडा कार्यालयको झ्याल जलेर क्षती भएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानियले वडा कार्यालयमा शंकास्पद बस्तु राखेको खबर गरेपछि प्रहरी को टोली घटना स्थलतर्फ गएको बझाङका डीएसपी सूर्य बहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै