मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ दूरसञ्चार कम्पनीले गर्यो फाइभ–जीका २५ सम्झौता

मङ्गलबार, १० असार २०७६, १४ : ०६
मङ्गलबार, १० असार २०७६

शेनजेन– चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ । कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख छ । स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरैवटा कम्पनीसँग साझेदारी गरिरहेको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप