बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लैबरी सिङगिङ स्टार’को अडिसन सुरु

मङ्गलबार, १० असार २०७६, १४ : ४१
मङ्गलबार, १० असार २०७६

काठमाडौं –‘नेपाल आइडल’को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाध बाँहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् ।

‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल एक अर्को गायन रियालिटी शो हो ‘लैबरी सिङगिङ स्टार’ । तीन सिजनले राम्रै लोकप्रियता हासिल गरेको यो शोको चौथो सिजन पनि सुर भएको छ ।

विद्यार्थी लक्षित प्रतियोगिताको पहिलो अडिसन जेष्ठ १८ गते काठमाडौं र त्यसपछि  नुवाकोट र धादिङमा सम्पन्न भइसकेको छ । 

सोलुखुम्बुमा असार १४ चितवनमा असार २८ गते अडिसन हुने शो सन्साइन प्रोडक्शन हाउसको आयोजनामा हुन लागेको हो ।

बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’को सुरुवात गरिएको प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला बताउँछिन् । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङको भनाई छ । 

‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, लोकप्रिय गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहेका छन् । अघिल्लो सिजनमा गायक सिग्देल निर्णायकमा थिएनन् ।

उनले ‘लैबरी सिङगिङ स्टार’को उदेश्यबाट प्रभावित भएका कारण आबद्ध भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप