शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान थप्दै, आन्तरिक उडानका लागि पाइलटलाई नेपालमै तालिम

मङ्गलबार, १० असार २०७६, १५ : १५
मङ्गलबार, १० असार २०७६

काठमाडौं–नेपाल वायू सेवा निगमले अन्तर्राष्ट्रिय उडान बढाउँदै लैजाने भएको छ । निगमले हप्तामा दिल्लीका लागि २१ उडान गर्ने योजना अघि सारेको छ । हाल यस क्षेत्रमा १४ उडान भइरहेको छ । 

यसमध्ये सात उडान न्यारोवडी र ७ उडान वाइड बडी मार्फत गरिदै आएको छ । यस्तै युनाइटेड अरब इमिरेट्समा पनि हप्तामा एक उडान थप गरेर ४  उडान पुर्याउने भएको छ । 

यसैगरी निगमले आन्तरिक उडान तर्फ  पाइलटलाई तालिम दिन अप्रुभल ट्रेनिङ अर्गनाइजेसन सम्बन्धी संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम दिने व्यवस्था पनि गरेको छ ।

 जसअनुसार वाइ १२ ई उडान गर्न दुईजना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सकेर सो जहाज सञ्चालन गर्ने निगमले जनाएको छ । निगमले ट्विनअटर जहाज सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्था गर्दै जानको लागि एक वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको छ । बाँकी तीन जनाको तालिम आगामी साउन मसान्तसम्म सकिनेछ । 

पाइलट जस्तो दक्ष जनशक्तिको सिमुलेटर तालिम सम्पन्न भई लाइसेन्स प्राप्त भए पछि पनि प्रशिक्षक पाइलटसँग निश्चित घण्टा उडान गरी लाइन क्लियरेन्स गरे पछि मात्र नियमित उडान भर्न मिल्ने भएकोले निगमले तयार गरेको जनशक्तिको लाइन क्लिरेन्सको क्रम जारी रहेको छ । 

न्यारो वडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारो वडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडवडीमा समेत नेपाली जनशक्ति तयार गर्ने निगमको योजना छ । 
सोही योजना अनुसार निगमले थप नेपाली जनशक्ति नियुक्त गर्न लोकसेवा आयोग मार्फत आवेदन माग गरी नियुक्ति सम्बन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ । 

अन्तर्राष्ट्रिय कम्पनी वि.सि.टी ले गरिरहेको विमान मर्मत सम्भार कार्य जुलाई महिनादेखि स्वयंम ने.वा.नि.का इन्जिनियरहरुबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जसले गर्दा प्रति महिना ५० देखि ६० लाख रुपैयासम्म बचत हुने निगमले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप