बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा पुनः नापी हुने

मङ्गलबार, १० असार २०७६, १६ : १२
मङ्गलबार, १० असार २०७६

काठमाडौं– भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो ।  

‘विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०/२० वर्ष पछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा हामी खुशी व्यक्त गर्दछौँ ।’ नागरिक अगुवा चिरञ्जीवी मास्केले भने

नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भने, ‘नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।’

सदरमुकाम चरिकोट र आसपासमा रहेका जग्गा खरीद बिक्री गर्दा धेरै समस्या भएको गुनासो आएकाले सोहीअनुसार  नगरपालिकाले नागरिकको समस्या समाधान गर्न यो योजना अघि बढाएको उनले जानकारी दिए ।  

लालपुर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आजित नगरवासीका लागि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने भीमेश्वर नपा–३ का प्रकाश बस्नेतको भनाइ थियो । छरछिमेकमा जग्गाको विषयलाई लिएर हुने  झगडा पुनः नापी पछि समाधान हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप