‘एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड–२०७५’ सम्पन्न, विभिन्न विधाका खेलाडीहरु सम्मानका लागि छानिए
काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित एनएसजेएफ पल्सर स्र्पोट अवार्ड– २०७५ बाट विभिन्न विधाका खेलाडीहरु सम्मानका लागि छानिएका छन् । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रमका बीच गत वर्ष विभिन्न खेल क्षेत्रमा रहेर योगदान दिने उत्कउष्ट खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो ।
पल्सर अवार्ड २०७५ महिला र पुरुष गरि ९ विधामा अवार्ड वितरण गरिने भएको छ । पुरस्कार तथा सम्मान अवार्ड यहि आउदो १७ वितरण गरिदै छ । गत वर्ष उत्कृष्ट खेल प्रदर्शन गर्दै पल्सर अवार्डबाट सम्मानित हुनेहरुमा पुरुष तर्फ युकेश गुरुङ(प्याराग्लाइडिङ), पारस खड्का(क्रिकेट), इन्द्र बहादुर श्रेष्ठ(जुडो), सोमपाल कामी(क्रिकेट) र शुक्र बहादुर राई(गल्फ) रहेका छन् ।
त्यस्तै, महिला तर्फ सावित्रा भण्डारी(फुटबल), सरस्वती चौधरी(भलिबल), सिता रानामगर(क्रिकेट), निमा गुरुङ(तेक्वान्दो) र मनिता श्रेष्ठ(जुडो) रहेका छन् । यी खेलाडीहरु विभिन्न चरण तथा प्रक्रिया पु¥याएर सम्मानका लागि मनोनित भएका हुन् । एनएफजेएफले हरेक वर्ष पल्सर स्र्पोट अवार्ड प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती