शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाको बजेट १५ अर्ब ५० करोड

मङ्गलबार, १० असार २०७६, १८ : २१
मङ्गलबार, १० असार २०७६

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्व ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ ।  काठमाडौं महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो । बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा सबैभन्दा बढी ५१ दशमलव ७४ प्रतिशत बजेट अर्थात् ७ अरव ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

त्यसैगरी पूँजीगत सम्पत्ति खर्चमा १ अर्ब ५५ करोड, तलव, पारिश्रमिक र सुविधा खर्च १ अर्व ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब, ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ । उपप्रमुख खड्गीले प्रस्तुत सो बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले बढि भएको पनि जानकारी दिइन्।

बजेटमा जनताको जीवनस्तर, अम्दानी र रोजगारमा बढावा दिने कुरालाई उच्च प्राथमिकता दिइएको छ । उपमेयर खड्गीले गरिवी निवारणमा प्रत्यक्ष योगदान दिने विषयलाई पनि बजेटमा जोड दिइएको स्पष्ट पारिन् । बजेटमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म ६ अर्ब २३ करोड ५७ लाख ९० हजार राजस्व संकलन गरिएको पनि उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप