गुल्मीमा भीरबाट लडेर महिलाको मृत्यु
मङ्गलबार, १० असार २०७६, १८ : २५
बुटवल– गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको पूर्वी कालीगण्डकी गाउँपालिका २ अर्बेनीकी ३४ वर्षीया सरस्वती न्यौपानेको घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरी निरीक्षक रविन्द्र खड्का अनुसार आफ्नै खरबारीमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको हो । न्यौपानेको शवलाई रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आज साँझ नै आफन्तको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी