शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका राप्ती ब्युरो सदस्यसहित ४ कार्यकर्ता पक्राउ

मङ्गलबार, १० असार २०७६, १८ : ४१
मङ्गलबार, १० असार २०७६

रुकुम– नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् । 

त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । प्रहरी टोली पुग्दा उनीहरुले शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उनले बताए ।

हत्याका अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाको अभियोग लागी फरार एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्मा घर भई मुसीकोट नगरपालिका–४ चाँपामा कोठा लिएर बस्दै आएका २४ वर्षीय वृषबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बस्याल गत वर्षको माघ ६ गते मुसीकोट नगरपालिका–५ शेरिगाउँ बस्ने प्रकाश नेपालीलाई कुटपिट गरी उनको हत्या गरेर फरार भएको प्रहरीको भनाइ छ । लामो समय भारतमा लुकी बसेका बस्याल केही सयमदेखि मुसीकोट–४ चाँपामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

बस्याललाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । पक्राउ गर्ने बित्तिकै जिल्ला अदालतसमक्ष पेश गरिएको र अदालतले बस्याललाई पुर्पक्षका लागि कारागार चलान गरेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप