रौतहट प्रहरी भ्यान दुर्घटना: गम्भीर घाइते २ कैदीको मृत्यु
रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना १ झ ५३८९ नम्बरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रौतहट चन्द्रपुर नगरपालिका १–का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका ९ का रमेशकुमार चौधरी रहेका छन् ।
साह लागू औषध मुद्धामा सजाय भोगिरहेका थिए भने चौधरी सवारी दुर्घटनाको ज्यानमुद्धामा सजाय भोगिरहेका थुनुवा थिए । गम्भीर घाइते भएका चौधरी र साहलाई उपचारका क्रममा पीरगञ्ज पठाउँदै गर्दा मृत्यु भएको हो ।
यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए । गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीबाट १० निरीक्षक निष्कासित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए
-
हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल
-
सुजुकीको नयाँ वर्ष अफरमा १० हजार नगद छुट, अन्य के–के छन् अफर ?
-
नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा
-
पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न
-
नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेट वैशाखमा