शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले ल्याएको विधेयकप्रति पुस्तक व्यवसायीहरुको आपत्ति

मङ्गलबार, १० असार २०७६, १९ : ५२
मङ्गलबार, १० असार २०७६

काठमाडौं– नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सरकारले ल्याएको विधेयकप्रति आपत्ति जनाएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको पुस्तक आयात गर्ने गरिएको व्यवस्थाप्रति आपति प्रकट गरेको हो । 

विश्व बजारमा पुस्तकमा भन्सार नलाग्ने र विद्यालय तहका पुस्तकहरु प्रकाशन र वितरणमा आत्म निर्भर हुदाँ हुँदै पनि विदेशी पुस्तकहरुको प्रचुरताका कारण नेपाली प्रकाशन र मुद्रणहरुले समस्या भोग्दै आएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विदेशी पाठ्य पुस्तक अध्यापन गराउँदा बालमष्तिस्कमा नराम्रो असर पर्ने र त्यस्ता पुस्तक अध्यापन गराउँदा राष्ट्रियतामाथि समेत आँच आउने गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप