शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्री तिब्बतको कार्यक्रममा भाग लिने सांसद निलम्बनमा परे

मङ्गलबार, १० असार २०७६, २१ : १४
मङ्गलबार, १० असार २०७६

काठमाडौं–फ्री तिब्बतसम्बन्धी कार्यक्रममा सहभागि भएको भन्दै समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ ।

 समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले यादवलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो । 

लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा यादव सहभागि भएका थिए । फ्रि तिब्बतसम्बन्धी सो कार्यक्रममा सहभागि भएकोबारे पार्टीले स्पष्टीकरण सोध्दा उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप