शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुठभेडको नाममा निःशस्त्र व्यक्तिमाथि गोली हानेर हत्या भयोः विप्लव

मङ्गलबार, १० असार २०७६, २१ : ३४
मङ्गलबार, १० असार २०७६

काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमनका साथै हत्याका घटना दोहोर्याएको भन्दै कडा आलोचना गरेका छन् । 

 दोहोरो मुठभेडका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्या गर्ने घटनाहरु भइरहेको विप्लवको दाबी छ । कम्युनिष्ट पार्टीका नाममा सरकारले देशमा फासिवादको अभ्यास गरिरहेको पनि उनको आरोप छ । 

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले व्यक्ति हत्याको विरोधमा प्रतिरोध गर्नु क्रान्तिको अनिवार्य सर्त भएका कारण नेपाल बन्द गर्नुपरेका बताएका छन् । 

विप्लव नेतृत्वको नेकपाले असार ५ गते सलाएही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोली प्रहारबाट मारिएपछि त्यसको विरोधमा मंगलबार बन्द आह्वान गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप