शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिर्तामोड नगरपालिकाका मेयरले गरे ३० लाख नलिने घोषणा

मङ्गलबार, १० असार २०७६, २१ : ५८
मङ्गलबार, १० असार २०७६

काठमाडौँ– झापाको बिर्तामोड नगरपालिका का मेयर धुव्रकुमार सिवाकोटीले क्षतिपूर्ति वापत आएको ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । २०७४ कात्तिक १० गते स्थानीयको आन्दोलनका क्रममा घर र सवारीसाधनमा भएको क्षति पूर्ति वापत उनले माग गरेअनुसार तीन महिना अघि गृह मन्त्रालय अन्र्तगत गठित समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को  निर्णयले मेयर सिवाकोटीलाई ३० लाख दिने निर्णय गरेका थियो । उक्त विषयलाई लिएर सामान्य क्षती हुँदा लाखौं रुपैयाँ लिएको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

मेयर सिवाकोटीले यसै विषयमा प्रकाशित समाचाहरुप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै क्षतिपूर्तिवापतको ३० लाख रकम लिन अनिच्छुक भएको कारण हालसम्म नलिएको मेयर सिवाकोटीले बताएका छन् । मंगलबार झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरी मेयर सिवाकोटीले अवपनि उक्त रकम नलिने घोषणा गरेका हुन्  । त्यस अगाडी  नेकपा (नेकपा) को जिल्ला समिती र नगर समिती ले मेयर धुर्ब सिवाकोटी लाई बोलाएर उक्त बिषयमा परामर्श गरेको थियो । नेकपाको विर्तामोड नगरका इन्चार्ज युबराज दाहालका अनुसार मेयर सिवाकोटीले सरकारले दिने भनेको उक्त रकम नलिने र घटनामा घाइते भएकाको लागि क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारलाई आग्रह गरेको बताए । 

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।

घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै २०७४ कात्तिक १० को विरोध र्यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे १ झ १२१ नम्बरको गाडीमा र बा १०च ३०६१ नम्बरको निजी कारमा क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे ७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए । 

मेयर सिवाकोटीले घटनापछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाखबराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप