धुलिखेलको बजेट रु ७८ करोेड ४८ लाख
धुलिखेल-धुलिखेल नगरपालिकाको आज भएको नगरसभाको पाँचौँ अधिवेशमा नगरको आगामी आर्थिक वर्षको बजेट रु ७८ करोड ४८ लाख १८ हजार बजेट विनियोजन छ ।
नगरपालिकाका प्रमुख अशोक ब्याजुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सङ्घीय संरचनाअन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणसम्म पुग्ने विश्वास व्यक्त गरे ।
उप–प्रमुख विमला शर्माले चालू आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन पेश गरेकी हुन् । यसैबीच काभ्रे जिल्लाको अधिकांश पालिकाले आर्थिक वर्ष २०७६/७७ को अधिवेशन सम्पन्न गरेका छन् ।
महाभारतको बजेट रु ३० करोड ३२ लाख
विकट महाभारत गाउँपालिकाको पाँचौँ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ का लागि कूल रु ३० करोड ३२ लाख ४१ हजारको बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
सो क्रममा नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष जिम्बाले कृषिमा प्रत्येक वडामा रहेको ४० वटा कृषक समूहलाई कृषि सूचना केन्द्रको रुपमा विकास गरी कृषिसम्बन्धी विविध विषयमा सूचना प्रबाह गर्ने जानकारी दिए ।
शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने चार जनालाई प्राविधिक शिक्षा डिप्लोमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने, स्वास्थ्य क्षेत्रमा ‘जनता अध्यक्ष स्वास्थ्य कार्यक्रम’ अन्तर्गत प्रत्येक महिनामा एक पटक टोल/टोलमा पुगेर ६८ प्रकारका निःशुल्क औषधिसहितको स्वास्थ्य उपचारको व्यवस्था गरिने लगायका नीति, योजना तथा कार्यक्रम अगाडि सारिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
‘सादा पोशाकको प्रहरी हौँ’ भनेर लुटेको आरोपमा दुई जना पक्राउ
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने