शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक

मङ्गलबार, १० असार २०७६, २२ : १९
मङ्गलबार, १० असार २०७६

झापा-झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् ।

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । सो बजेट आज सम्पन्न नगरसभामा उपप्रमुख चन्द्रा श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । प्रस्तावित बजेटअनुसार रु ११ करोड ९७ लाख २२ हजार चालू तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ । 

गत आवको तुलनामा आगामी वर्षका लागि रु ११ करोड बढीको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले आगामी आव २०७६/७७ का लागि रु ८५ करोड ४२ लाख ७२ हजारको बजेट प्रस्ताव गरेकी छिन् । 

अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले पनि आजै रु एक अर्ब ५ करोड ९० लाख ३९ हजारको बजेट प्रस्तुत गरेकी थिइन् । शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सोही आवका लागि रु ८७ करोड ५४ लाख पाँच हजारको बजेट प्रस्तुत गरिएको बताइन् । यसैगरी, गौरीगञ्ज गाउँपालिकाले रु ३४ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप