शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इङ्ल्यान्डलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

बुधबार, ११ असार २०७६, ०७ : २८
बुधबार, ११ असार २०७६

साविक विजेता अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोली इङ्ल्यान्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । अस्ट्रेलियाको जितमा कप्तान एरोन फिन्चको शतकीय प्रदर्शन निर्णायक बनेको थियो । जितसँगै शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलियाको सात खेलबाट १२ अंक पुगेको छ । आठ अंक बानाएको इङ्ल्यान्ड चौथो स्थानमा छ ।

अस्ट्रेलियाले दिएको दुई सय ८६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्डले खराव प्रदर्शन गर्यो । इङ्ल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रन नाएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले अर्धशतकीय पाली खेले । उनले ८९ रन बनाए । जोनी बेयरस्टले २७, क्रिस वाक्सले २६ र जस बटलरले २५ रन बनाए । अस्ट्रेलियाका जासन बेरेन्ड्रोफले पाँच विकेट लिए । मिचेल स्टार्कले चार विकेट हात पारे । मार्कस स्टोइनिक्सले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८५ रन बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चको शतक र डेभिड वार्नरको अर्धशतक बरदान बन्यो । फिन्चले एक सय रन बनाए । वार्नरले ५३ रन बनाए । स्टेभन स्मिथ र एलेक्स क्यारीले समान ३८, उस्मान ख्वाजाले २३ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्सले दुई विकेट लिए । जोफरा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट झारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप