बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी नवलपरासीको कुल बजेट ४ अर्ब : कुन स्थानीय तहको कति बजेट?

बुधबार, ११ असार २०७६, १० : ०३
बुधबार, ११ असार २०७६

परासी । पश्चिम नवलरासीका ७ वटै स्थानिय तहले आफनो पाँचौ नगरसभा तथा गाउँसभाबाट आ.व. ०७६÷०७७ का लागि नयाँ बजेट ल्याएका छन् । जिल्लामा रहेको ३ नगरपालिका र ४ गाउँपालिकाले मंगलबार आफनो पाँचांै नगर तथा गाउँसभा शुरु गरि बार्षिक निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरि विषयगत समितिहरु संग दफावार छलफलका लागि केहि दिनका लागि सभा स्थगित गरेका छन् । ७ वटै स्थानीय तहको  कुल बजेट ३ अर्ब ८९ करोड ११ लाख ४६ हजार २० रुपैयाँको रहेको छ । 

सुनवल नगरपालिकाले आफनो पाँचौ नगरसभाबाट आ.व. २०७६÷०७७ का लागि कुल ९७ करोड २८ लाख ७५ हजार रुपैयाको बजेट ल्याएको छ । नगर उप–प्रमुख दधिराम अर्यालको अध्यक्षतामा भएको पाँचांै नगरसभामा नगर प्रमुख भीम बहादुर थापाक्षत्रीले आगामी बर्षका लागि निति तथा कार्यक्रम र सो बजेट प्रस्तुत गरेका हुन् । सभामा प्रस्तुत भएको बजेट मध्ये चालु खर्च तर्फ ३७ करोड ९५ लाख ५० हजार र पुँजीगत तर्फ ५९ करोड ३३ लाख २५ हजार रुपैया बिनियोजन गरिएको नगरपालिकाको नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिए । प्रमुख थापाका अनुसार नगरपालिकाले आन्तरि श्रोतबाट मात्र १६ करोड १२ लाख रुपैया अनुमानित बजेट प्रस्तुत गरेको बताए ।

त्यस्तै रामग्राम नगरपालिकाले पनि आफनो पाँचाै नगरसभामा आर्थिक बर्ष २०७६÷०७७ का लागि ६९ करोड ६ लाख २८ हजार ४ सयको बजेट प्रस्ुतत गरेको छ । नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको नगर उपप्रमुख रम्भा कुँवरले प्रस्तुत गरेको निति तथा कार्यक्रम एवं बजेट मध्ये चालु तर्फ ३२ करोड, ३९ लाख ७९ हजार ४ सय र पुँजीगत खर्च तर्फ ३६ करोड, ६६ लाख ४९ हजार रुपैया बिनियोजन गरिएकोे नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार भेटघाट मार्फत जानकारी दिए । नगर प्रमुख गुप्ताका अनुसार नगरपालिकाले आन्तरिक श्रोतबाट ७ करोड रुपैया आम्दानी हुने अनुमान गरेको छ ।

यता बर्दघाट नगरपालिकाले पनि आफनो पाँचौ नगरसभाबाट ६५ करोड ५ लाख ७२ हजार ६२० रुपैयाको बजेट ल्याएको छ । नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा भएको पाँचौ नगरसभामा नगर उपप्रमुख मायादेवी पौडेल बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै आ.व. ०७६÷०७७ का लागि प्रस्तु गरेको उक्त बजेट मध्ये चालु खर्च तर्फ ३५ करोड ९९ लाख २७ हजार र पुजीगत तर्फ २९ करोड ६ लाख ४५ हजार ६ सय २० रुपिया खर्च रहेको छ ।

त्यसैगरि पाल्हीनन्दन गाउँपालिकाले पनि आ.व. ०७६÷०७७ का लागि कुल ४९ करोड, ६१ लाख ५३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाको पाँचांै गाउँसभामा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले निति तथा कार्यक्रम प्रस्तु गर्दै उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेट माथि दफावार छलफलका लागि १० दिनका लागि सभा स्थगित गरिएको छ । गाउँपालिकाले भौतिक पुर्वाधार विकासलाई प्राथमिकतामा राखी गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण र नन्दनतालको विकासलाई गौरवको योजनामा राखेको छ । सभमा सर्वाेकृष्ट कर्मचारीको रुपमा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, बजेट तथा कार्यक्रम शाखा प्रमुख दयाराम चौधरीलाई नगद पुरस्कार सहित सम्मान पनि गरिएको थियो ।

त्यसगरि सरावल गाउँपालिकाले पनि आ.व. ०७६÷०७७ का लागि कुल ५३ करोड २२ लाख ६८ हजारको बजेट ल्याएको छ । मंगलबार गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा शुरु भएको गाउँपालिकाको पाँचांै गाउँसभामा उपाध्यक्ष उत्तमा रायले बार्षिक निति तथा कर्याक्रम र बजेट प्रस्तुत गरेकि हुन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु २६ करोड  ३२ लाख ६८ हजार, पुँजिगत तर्फ २६ करोड ९० लाख रहेको छ । साथै आम्दानि तर्फ संघिय सरकार समानिकरण अनुदान १२ करोड २८ लाख रहेको छ भने संघिय सरकार सशर्त अनुदान १३ करोड रहेको छ । प्रस्तुत बजेट माथि विषयगत समिति संग दफावार छलफलका लागि १० दिनका लागि सभा स्थगित गरिएको छ । गाउँपालिकाले आर्थिक विकास, पूर्वाधार विकास,कृषी,शिक्षा,स्ववास्थ,खेलकुद, वार्ड कार्यलय भवन निर्माण,नमुना सडक,पर्यटकिय क्षेत्र जस्ता योजनालाई प्राथमिकता दिएको छ ।

यता सुस्ता गाउँपालिकाले पनि आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि ५६ करोड ८७ लाख ९४ हजारको बजेट प्रस्तुत ल्याएको छ । विनियोजित बजेट मध्य चालुतर्फ सशर्त बाहेक रु ५ करोड , पुँजिगत तर्फ ३४ करोड ४७ लाख ९४ हजार र शसर्त तर्फ १० करोड ६५ लाख र सामाजिक सुरक्षा तर्फ ६ करोड ७५ लाख रहेको छ । सभामा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बजेट प्रस्तुत गरेकि थिईन् । बजेटले आर्थिक विकास, पूर्वाधार विकास, कृषी, शिक्षा, स्ववास्थ, खेलकुद, शीत भण्डार, बहुुुउद्देश्यी सभा हल, वडा कार्यलय भवन निर्माण, अध्यक्ष नमुना सडक जस्ता योजनालाई प्राथमिकता दिएको छ ।

यता प्रतापपुर गाउँपालिकाले पनि आ.व. २०७६÷०७७ का लागि ४९ करोड १७ लाख ७५ हजारको बजेट ल्याउदै छ । केहि प्राविधिक समस्याले असार १० गते मंगलबार गाउँपालिकाको पाँचौ गाउँसभा गर्न नकसेपनि एकदुई दिन भित्रै सो सभा गरेर बार्षिक निति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्ने गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप