शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी रुसले ट्रम्पलाई चुनाव जित्न मद्दत गर्यो भन्ने विषयमा मुलर बयान दिन तयार

बुधबार, ११ असार २०७६, १० : २३
बुधबार, ११ असार २०७६

अमेरिकाका विशेष अधिवक्ता रोबर्ट मुलर २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे आफ्नो रिपोर्टमाथि बयान दिन तयार भएका छन् ।

आगामी १७ जुलाईमा हाउस ज्यूडीसीएरी एन्ड इन्टिलिजेन्स कमिटीसामु उपस्थित हुनअघि उनले जनतासामु आफ्नो कुरा राख्नेछन् । कमिटीका अध्यक्ष एडम स्कीफले बुधबार ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।

मुलरले तयार गरेका थिए ४४८ पृष्ठ लामो रिपोर्ट

एडमले ट्वीट गर्दै भनेका छन् – रुसले ट्रम्पलाई जिताउन अमेरिकाको लोकतन्त्रमाथि हमला गरेको थियो । ट्रम्पले उसको मद्दतलाई स्वागत गर्दै प्रयोग पनि परे । मुलरले भने अनुसार यो विषयमा सबै अमेरिकीले चिन्ता गर्ने विषय हो । अब यो कुरा हर अमेरिकीले मुलरबाट सुन्न पाउनेछन् ।

४४८ पृष्ठ लामो रिपोर्टमा ७४ वर्षीय मुलरले भनेका छन् – रुसी सेना अधिकारीहरुले डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनको चुनाव प्रभावित गर्ने कोशिश गरेका थिए ।

१८ अप्रिलको यो रिपोर्ट कानून मन्त्रालयलाई सुम्पिएको थियो । यद्यपि, रिपोर्ट अन्त्यमा उनले रुसी हस्तक्षेपबारे पर्याप्त साक्षी प्राप्त गर्न असफल भएको पनि लेखेका छन् ।

मुलरको रिपोर्टबाट ट्रम्पले रुसी हस्तक्षेपको जाँच नियन्त्रित गर्ने प्रयास गरेको पनि खुलासा भएको थियो ।

उनले मुलरलाई जाँचबाट हटाउने कोशिस पनि परेका थिए । मुलर न्याय विभागमा पदस्थ थिए । र, सन् २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपबारे जाँच गरिरहेका थिए । उनले मेको अन्त्यमा यो पदबाट राजीनामा दिएका थिए ।

मलाई सत्ताबाट हटाउने षड्यन्त्र : ट्रम्प

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी हस्तक्षेपबारे जाँच अनावश्यक रहेको बताउँदै यसलाई आफूलाई सत्ताबाट हटाउने षड्यन्त्रको संज्ञा दिएका छन् । ह्वाइट हाउसकी प्रवक्ता सारा सैन्डर्सले रिपोर्टबाट चुनावको दौरान कुनै हस्तक्षेप नभएको प्रष्ट भएको बताएकी छिन् । कानून मन्त्रालयले पनि जाँचलाई प्रभावित गर्ने कुनै प्रयास नभएको बताएको छ ।

डेमोक्र्याट्सले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए

 डेमोक्र्याटले यस मामिलामा ट्रम्पबिरुद्ध महाभियोग लगाउने तयारी गरेका छन् । तर, यस विषयमा डेमोक्र्याट सांसदहरु एक मत देखिएका छैनन् । नेन्सी पेलोसी संसदमा डेमोक्र्याटको नेतृत्व गर्छिन् । उनले चुनाव अघि महाभियोग प्रस्ताव ल्याउन घातक हुने बताइरहेकी छिन् । उता, डेमोक्र्याट संसद जेरी नडलेर पनि महाभियोगको कुरा गर्नबाट बच्न खोजेको देखियो । उनी संसदको कानूनी समितिका अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप