शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनःस्थगित

बुधबार, ११ असार २०७६, १९ : १९
बुधबार, ११ असार २०७६

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार १२ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि असार १ गते प्रस्तुत गरेको बजेट माथिको छलफल अघि बढ्न सकेको छैन ।

सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनतापार्टीका सदस्यको अवरोध गरेपछि यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाइ स्थगन गरिएको थियो । असार ८ गतेका लागि तोकिएको बैठक पनि स्थगन गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप