५४ करोडको कचौरामा टेनिस बल राख्थे दम्पत्ति, थाहा थिएन यत्ति मूल्यवान होला भन्ने
वर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा ती दम्पत्तिले चीनको यात्राको क्रममा खरिद गरेको बताए । लिलामी विशेषज्ञका अनुसार उक्त कचौरा १७ औं शताब्दीको हो ।
कचौराका मालिकका अनुसार उक्त कचौरा यति दुर्लभ र विशेष छ भन्नेबारे आफूलाई थाहै थिएन । स्विस अक्सनियर कोलर अक्सन ती स्विस परिवारको घरमा केही वस्तुको मूल्याङ्कनका लागि जाँदा उक्त कचौरा देखेर जिल खाएको सिएनएनले बताएको छ ।
यो चिनियाँ शासकका लागि बनाएको हुनसक्ने अनुमान गरिएको छ ।
‘जब उनीहरुले उक्त कचौरा देखे तब चकित भए । उनीहरुले यस्तो पहिले कहिले देखेका थिएनन्,’ कोलर अक्सनका मिडिया रिलेशन एवं मार्केटिङका प्रमुख कार्ल ग्रीनले सिएनएनलाई भने ।
परिवारले उक्त कचौरालाई बर्लिनको संग्रहालयमा राख्ने प्रस्ताव पनि राखे तर यसमा उनीहरुले रुची नदेखाएको बताइएको छ । यस्तै, ब्रिटिश अक्सन हाउसले पनि यो १९ औं शताब्दीको हुनसक्ने बताउँदै फोटो हेरेर नै यसलाई अस्विकार गरेको थियो ।
‘त्यसपछि परिवारले यो खासै मूल्यवान् र विशेष नभएको सोचे तर यो उनीहरुलाई निकै मन परेको थियो । यसलाई उनीहरुले दराजमा राखेका थिए । घरमा कचौरा भएपछि त्यसमा केही सामान त राखिन्छ र यसमा उनीहरुले टेनिस बल राखेका थिए,’ ग्रीनले भने ।
कोलर अक्सनले लिएपछि उक्त कचौराले सनसनी नै मच्चायो । हंगकंगमा आयोजिक एन्टिक फेयरमा यसलाई राखेपछि ३० जनाले यसलाई घरमा लैजाने इच्छा देखाए ।
‘कोरल अक्सनका विशेषज्ञलाई लाग्छ कि कचौराको दुईतिर फिनिक्स चराको डिजाइन दिएको र यसको क्वालिटी हेर्दा यो सम्भवतः चिनियाँ शासकका लागि बनाएको हुनुपर्छ,’ ग्रीनले भने ।
‘जब तपाईंले त्यतिबेला बनाइएका अन्य धुप बाल्ने भाँडो वा पित्तलका अन्य सामान हेर्नुहुन्छ भने यो ती सामानभन्दा निकै उत्कृष्ट छन् ।’
यसलाई लिलामीमा राख्दा यो ५४ करोड रुपैयाँमा रोकियो । ५४ करोड तिरेर एक चिनियाँ व्यक्तिले यसलाई चीन नै फिर्ता लगेका छन् । चीनका कोलरले यसलाई आफ्नो इन्स्टाग्राम पेजमा पनि सेयर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा