शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली फेसन डिजाइनर अन्चु थाइल्याण्ड इन्टरनेशनल फेसन फेस्टमा

बिहीबार, १२ असार २०७६, १२ : ४९
बिहीबार, १२ असार २०७६

नेपाली फेसन डिजाइनर अन्चु पाण्डे थाइल्याण्ड इन्टरनेशनल फेसन फेस्टकी पार्टनर बनेकी छिन् ।

शुक्रबारदेखि थाइल्याण्डको बैंककमा सुरु हुन लागेको उक्त फेस्ट तीन दिनसम्म चल्नेछ ।

यो कार्यक्रमले कन्टिनेन्टल डिजाइनरको प्रतिभा र सृजनशीलताको उत्सव मनाउने अन्चुले बताएकी छिन् ।

उनले भनिन्, ‘थाइल्याण्ड इन्टरनेशनल फेशन फेस्टसँग पार्टनर हुन पाउँदा म निकै गर्व महसुस गरिरहेकी छु । फेसनप्रति प्रतिबद्ध मञ्चलाई मैले सधैं सम्मान गर्दै आएकी छु र यसले नयाँ डिजाइनरलाई विभिन्न अवसर प्रदान गर्ने कुराको पनि प्रशंसा गर्दै आएकी छु । ’

उनले आफ्नो कलेक्सनलाई ग्ल्यामरस र पारम्परिक बताउँदै लगाउन निकै सहज भएको जानकारी दिइन् । यसले नेपालको सांस्कृतिक विविधतालाई झल्काउने पनि आशावादी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप