मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संगठनमा एकता र सद्भाव भएन भने पछुताउनुको विकल्प छैन : नेता महत

बिहीबार, १२ असार २०७६, १२ : ४९
बिहीबार, १२ असार २०७६

काठमाडौं–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले बेल्जियमको निर्वाचित जनसम्पर्क समितिलाई मानेर अगाडि बढ्न निर्देशन दिएको छन् । 

जनसम्पर्क समितिद्वारा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा नेता महतले पार्टी विधान विपरित अगाडि नबढ्न आग्रहसमेत गरे । उनले भने, ‘सबैले पार्टीको विधि विधान र पद्धति  चल्नु पर्छ । त्यसको विरुद्धमा कुनै पनि साथीहरु अगाडिबढे पार्टीलाई फाइदा हुँदैन । यस्ता क्रियाकलाप बन्द गरियोस् । निर्वाचित समितिलाई मानेर अगाडी बढ्न सबैमा अनुरोध छ ।’

काँग्रेस जनताको मन जितेको सबै भन्दा ठुलो पार्टी भएको भन्दै नेता महतले पार्टीभित्रको गुट र उपगुटले गर्दा कमजोर भएको बताए ।

संगठनमा एकता, सदभाव र मेलमिलाप नभएर  भोलिको दिनमा पछुताउनुको बिकल्प नभएको उनको भनाई छ । जनसम्पर्क बेल्जियम समिति सभापति सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पूर्वअध्यक्ष, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

गैरआवसीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष मनोहरी शर्मा, नेबिसंघ कास्कीका पूर्व अध्यक्ष पूर्ण तिमील्सीना लगायतले निर्वाचित संगठनको विरुद्धमा गलत गतिविधि भएको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप