बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषध सहित दुईजना पक्राउ

बिहीबार, १२ असार २०७६, १२ : ५३
बिहीबार, १२ असार २०७६

बर्दिबास–लागुऔषध सहित बुधबार साँझ दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं १४  घर भएका ४५ वर्षीय राजेश कुमार शाही र सिन्धुलीको दुधौली  नगरपालिका वडा नं १० घर भएका २१ वर्षीय साजन भुजेल रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट लेखिएको ट्याब्लेट ८ सय २५ पिस, एस्पाइसमो लेखिएको ट्याब्लेट ७२ पीस,नोफिन इन्जेक्सन ६ पीस,डाइजेल्याप ईन्जेक्सन ६ पीस,फेरागन ईन्जेक्सन ६ पीस बरामद गरेको छ । 
ज ८ प २९३  नम्बरको मोटरसाइकलकमा सवार उनीहरुलाई महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ५ स्थिति गौशला चोकबाट पूर्वतर्फ आउने क्रममा इलाका प्रहरी कार्यलय बर्दिबास र अस्थाई प्रहरी पोष्ट माइस्थानबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच  गर्दा उक्त परिमाणको लागू औषध फेला परेको हो । 

शाही र भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप