शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म एकदमै इमोसनल छु – गायिका सृजना

शुक्रबार, १३ असार २०७६, १२ : ५४
शुक्रबार, १३ असार २०७६

काठमाडौँ– सन् २०१३ बाट गायनमा होमिएकी सृजना कार्की अहिले पनि सङ्घर्षरत नै छिन् । करिब दजर्न हाराहारीका गीतसङ्गीत बाहिर ल्याएकी उनका गीतसङ्गीतले चर्चा नपाएको भने होइन । तर पनि उनी छायामै छिन् । ‘रोजेको मैले खोजेको मैले’ उनको पहिलो गीत हो । यो गीतले नेपाली साङ्गीतिक आकाशमा चर्चा मात्र पाएन  यसको म्युजिक भिडियोबाट अभिनयमा भित्रिएकी वर्षा राउत अहिले हिट अभिनेत्री बनेकी छिन् ।

गीत चल्छन् तर गायिका कार्की भने चर्चाभन्दा बाहिर नै रहने गरेकी छन् । पछिल्लो समय भने उनी चर्चामा छिन् । उनको चर्चा ‘कान्छा’ र ‘धेरै धेरै’ बोलको गीतका कारणले हो । ‘कान्छा’ उनले नै सङ्गीत गरेको मारुनी गीत हो भने ‘धेरै धेरै’ मा हरि लम्सालको सङ्गीत रहेको छ । ओखलढुङ्गा घर भए पनि काठमाडौँ एकता बस्तीमा बसेर गीतसङ्गीतको यात्रालाई अगाडि बढाउँदै आइरहेकी गायिका सिर्जना कार्कीलाई रातोपाटीका दस प्रश्न ।

कस्तो रहेछ गायन क्षेत्र ?

–सफलताका लागि धेरै सङ्घर्ष गर्नुपर्छ । यो क्षेत्रमा नाम, दाम कमाउन गाह्रोे छ । लामो समयसम्म मिहिनेत गर्नसक्यो भने स्थापित भइन्छ ।

किन रोज्नुभयो त गायन ?

–सानैदेखि गीत भनेपछि एकदमै मन पथ्र्यो । गीत गाउनेदेखि बाहेक कहीँकतै मेरो मन जाँदैनथ्यो । त्यसैले पनि सानैदेखिको रुचिको विषयमा केही गर्नुपर्छ भनेर यही क्षेत्रमा होमिएकी हुँ ।

म्युजिक भिडियो अभिनय पनि गर्नुभएको छ नि ?

– हो, दुई तीनवटा गीतका भिडियोमा अभिनय गरेकी छु । मेरो ‘रोजेको मैले’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री वर्षा राउत उदाएकी थिइन् । त्यो गीतको चर्चा पनि चल्यो । वर्षा हिट पनि भइन् तर यो गीतमा धेरैले अञ्जु पन्तको स्वर भने । गीत चल्यो, म्युजिक भिडियो हिट भयो । म भने ओझेलमा नै रहेँ । गायिकालाई स्वर मात्र भएर पुग्दैन चिनिनका लागि अभिनय पनि चाहिँदो रहेछ भन्ने मेरो बुझाइ हो ।

गायनको पहिलो आम्दानी ?

– एक गीतमा कोरस गायन गरेर एक हजार पाएकी थिएँ । त्यो पैसा आफ्नै लागि खर्च गरँे ।

आफ्नो सौन्दर्यको ख्याल कति गर्नुहुन्छ ?

– सौन्दर्यतिर खासै ध्यान दिन्न । त्यसैले पनि होला आफन्तले आफ्नो सौन्दर्यमा किन ध्यान नदिएको भन्ने गरेका छन् । अर्काे कुरा भगवानले मलाई राम्री नै बनाइदिएका छन् जस्तो लाग्छ ।

मनपर्ने खाना ?

– मम एकदमै मनपर्छ ।

घुमघाममा रुचि पक्कै होला ?

– एकदमै छ । मलाई घरमा बस्नै मन लाग्दैन । घुम्नका लागि प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ मनपर्छ ।

तपाईंलाई कसरी बुझ्ने ?

– म एकदमै इमोसनल छु । धेरैले भावुकखालकी पनि भन्छन् । जोकेहीलाई पनि छिट्टै विश्वास गर्ने बानी छ ।

मनपर्ने पुरुष ?

– एकदमै ट्यालेन्टेड, आफूलाई सोअफ नगर्ने पुरुष राम्रो लाग्छ ।

सपना ?

– सानैदेखि फिल्मको गीत गाउने सपना छ । अहिलेसम्म गाउन पाएकी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप