जहाजमा बम भेटिए के होला ? त्रिभुवन विमानस्थलमा यसरी गरियो अभ्यास
शुक्रबार, १३ असार २०७६, १८ : २२
काठमाडौं– जहाजमा एक्कासि बम भेटिए के होला ? अथवा उडिरहेको वा ल्यान्ड गरिएको जहाजमा बम राखेको हल्ला वा सूचना प्राप्त भएमा के गर्ने होला ? त्यो किसिमको संकटकालीन अवस्थामा विमानस्थल व्यवस्थापन र सुरक्षा फोर्सले कसरी सुरक्षाको प्रत्याभूति देला ? यही सेरोफेरोमा रहेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वअभ्यास गरिएको छ ।
हवाई उड्ययन तथा सुरक्षा र मेडिकल एव्म उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा भएको पूर्वाअभ्यासमा संकटको अवस्थामा सहभागी हुने विभिन्न सम्बद्ध निकायहरुबीच सहयोग अभिबृद्धि गराई बम भेटिएको अवस्थामा जनधनको क्षति कम गराउन अधिकतम पहल गरिएको दृष्य देखाइएको थियो । ३ बजेर १० मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म गरिएको पूर्वाअभ्यासमाका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी