शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीले सूर्यलाई घुम्छ भनी गणितीय व्याख्या गर्ने पहिलो वैज्ञानिक कोपर्निकस

चर्चले कोपर्निकसलाई धर्मविरोधी घोषणा गर्‍यो । त्यसबेलाका धेरै खगोलशास्त्रीहरुले पनि उनको विचारलाई गलत र अमान्य घोषणा गरे ।
शनिबार, १४ असार २०७६, ०७ : ५२
शनिबार, १४ असार २०७६

घाम पूर्वबाट उदाउँछ, पश्चिममा अस्ताउँछ । चन्द्रमा पनि पूर्वबाटै उदाउँछ र पश्चिममा अस्ताउँछ । हेर्दा र सोच्दा यस्तो लाग्छ– पृथ्वी एउटा ठाउँमा अडेको छ, घाम र चन्द्रमाले पृथ्वीलाई घुम्ने गर्छ । वास्तवमा यो सत्य होइन भन्ने कुरा अहिले सामान्य पढेलेखेको सबैलाई थाहा छ । सबैले जानेको, बुझेको र मानेको सत्य के हो भने, घामले पृथ्वीलाई हैन, पृथ्वीले चाहिँ घामलाई घुम्छ । बरु चन्द्रमाले चाहिँ पृथ्वीलाई नै घुम्ने गर्छ ।

पहिले पहिले मानिसहरु घामले नै पृथ्वीलाई घुम्छ भनी सोच्ने गर्थे । उनीहरुको पक्कापक्की विश्वास यसैमा थियो । हिन्दू वेद र पुराणले त सूर्य भनेको भगवान् हुन्, उनी रथमा चढेर संसार हेर्दै आकाशमा यात्रा गर्छन् भनेका छन् । त्रिश्चियन धर्मले पनि सूर्यले नै पृथ्वीलाई घुम्छ भनेको छ ।

पोल्याण्डमा जन्मेका वैज्ञानिक निकोलस कोपर्निकसले गणीतीय व्याख्याहरु गरेर साबित गरिदिए– सूर्य केन्द्रमा छ र त्यसलाई पृथ्वीले घुम्ने गर्छ । साथै, सूर्यलाई पृथ्वीले मात्रै हैन, अरु ग्रहहरुले पनि घुम्ने गर्छन् ।

पोल्याण्डमा जन्मेका वैज्ञानिक निकोलस कोपर्निकसलाई भने यो कुराले चित्त बुझेन । उनले वैज्ञानिक तथ्य र तर्कहरुका आधारमा यो मान्यतालाई गलत बताए । उनले गणीतीय व्याख्याहरु गरेर साबित गरिदिए– सूर्य केन्द्रमा छ र त्यसलाई पृथ्वीले घुम्ने गर्छ । साथै, सूर्यलाई पृथ्वीले मात्रै हैन, अरु ग्रहहरुले पनि घुम्ने गर्छन् ।

कोपर्निकसको जन्म फेब्रुअरी १९, १४७३ का दिन पोल्याण्डको टोरुनमा भएको थियो । तामाको व्यापार गर्ने र राजनीति गर्ने उनको परिवार खानलाउन पुग्ने सम्पन्न परिवार थियो । त्यसैले उनको पढाइ त्यसबेलाका राम्रा स्कूलहरुमा भएको थियो । उनले उच्च अध्ययन पोल्याण्डको कारकाउ विश्वविद्यालयबाट गरेका थिए । उनले त्यहाँ हिसाब र अप्टिक्स (Optics) सम्बन्धी अध्ययन गरका थिए । त्यसबाहेक, उनले औषधिविज्ञान र कानूनको पनि अध्ययन गरेका थिए । उनका काका उनलाई चर्चका धर्माधिकारी बनाउन चाहन्थे र र धर्मसम्बन्धी अध्ययन गर्नको लागि उनलाई  इटाली पठाएका थिए । पढाइकै सिलसिलामा उनी खगोलशास्त्रतर्फ पनि आकर्षित भएका थिए ।

स्कूल, विश्वविद्यालयहरुमा पढ्दा कोपर्निकसले अन्तरिक्षमा भएका सबै आकाशीय पिण्डहरुको केन्द्र पृथ्वी नै हो भनी पढेका थिए । उनलाई सूर्य लगायत अन्य ग्रहहरुले पृथ्वीको परिक्रमा गर्ने गर्छ भनी सिकाइएको थियो ।

कोपर्निकस १० वर्षको उमेर छँदा उनको पिताको निधन भएको थियो । उनको लालनपालन काकाले गरेका थिए । त्यसैले सन् १५०३ मा उनी आफ्ना काकासँग काम गर्नका लागि भनेर पोल्याण्डको फ्राउनबर्ग फर्के । त्यहाँ नै उनले आफ्नो बाँकी जीवन बिताएका थिए । खगोलशास्त्रमा रुचि राख्ने कोपर्निकस विभिन्न प्रयोगहरु गरिरहन्थे । त्यसैक्रममा उनले हाम्रो सौर्यमण्डलबारे आफूले पढेको र मान्दै आएको तथ्यभन्दा नितान्त भिन्न तथ्य पत्ता लगाए ।  उनले पृथ्वी कसरी घुम्छ भन्नेबारे नयाँ सिद्धान्त पत्ता लगाएका थिए ।

कोपर्निकसले गणितको माध्यमबाट पत्ता लगाए– पृथ्वीले एक दिनमा आफ्नै धुरीमा एक चक्कर लगाउँछ र त्यसरी चक्कर लगाउँदै यसले सूर्यलाई पनि एउटा निश्चित बाटो भएर एक वर्षमा परिक्रमा गर्छ । यस आधारमा उनले निधो गरे– पृथ्वी आफ्नो अक्षमा घुम्ने गर्छ । त्यही कारणले गर्दा नै सूर्य, ताराहरु र अरु ग्रहहरुले पृथ्वीलाई परिक्रमा गरिरहेको जस्तो हामीलाई महसुस हुन्छ ।

https://artselectronic.files.wordpress.com

सन् १५३० मा आएर उनले यही सिद्धान्तबारे एउटा किताब लेखे । उनले लेखेको किताबको नाम De Revolutionibus (On the Revolutions of the Celestial Spheres) थियो ।

सन् १५३० मा आएर उनले यही सिद्धान्तबारे एउटा किताब लेखे । उनले लेखेको किताबको नाम De Revolutionibus (On the Revolutions of the Celestial Spheres) थियो । यो किताब सन् १५४३ मा प्रकाशित भयो । (त्यही साल नै उनको  निधन भएको थियो ।)

उनको किताबले त्यसबेला ठूलो हल्लीखल्ली मच्चियो । चर्चको ठूलो मान, सम्मान र दवाब रहेको बेला त्यसले बाइबल र चर्चको, अनि त्यसबेला सबैले स्वीकारेका टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तको खण्डन गरेका थिए । इशाको दोस्रो शताब्दीताका इटालीमा जन्मेका गणितीज्ञ एवं खगोलविद् टोलेमीले ‘पृथ्वी केन्द्र हो, यो स्थीर छ र अरु सबै आकाशीय पिण्डले यसलाई परिक्रमा गर्छन्, त्यसै गरी ब्रम्हाण्डको आकार सीमित छ’ भन्ने मान्यता अगाडि सारेका थिए । उनी दार्शनिक प्लेटोका विचारका अनुयायी थिए । तर कोपर्निकसको सूर्य केन्द्रीत सिद्धान्तले टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तमाथि प्रहार गरेको थियो । चर्च र टोलेमीको मान्यता मिल्थ्यो । त्यसैले चर्चले कोपरनिकसलाई धर्मविरोधी घोषणा गर्‍यो । त्यसबेलाका धेरै खगोलशास्त्रीहरुले पनि उनको विचारलाई गलत र अमान्य घोषणा गरे ।

https://upload.wikimedia.org/

तत्कालै कोपर्निकसको विचारले समाजमा मान्यता पाउन सकेन । तर त्यसले त्यसबेलाको समाज र वैज्ञानिकहरु माझ उथुलपुथुल ल्यायो ।

तत्कालै कोपर्निकसको विचारले समाजमा मान्यता पाउन सकेन । तर त्यसले त्यसबेलाको समाज र वैज्ञानिकहरु माझ उथुलपुथुल ल्यायो । उनको विचारलाई नमान्ने ठूलै जमात् थियो भने उनको विचार सही हो भनी मान्नेहरु पनि निक्लँदै थिए । यसैक्रममा इटालीका दुई महान् वैज्ञानिकहरु ग्यालिलियो र ब्रुनोले पनि पछि आएर विभिन्न अध्ययन एवं प्रयोगहरुबाट कोपर्निकसकै सिद्धान्त सही रहेको कुरा पुष्टि गरे । वैज्ञानिक ब्रुनोले त कोपर्निकसको विचारलाई अझ परिमार्जन गर्दै “ब्रम्हाण्डको सीमा नै छैन र ब्रम्हाण्डमा हाम्रा जस्ता सौर्यमण्डल अरु पनि थुप्रै छन्” भन्ने त्यसबेलाका नयाँ सिद्धान्तको पनि प्रतिपदान गरेका थिए । यसरी धर्मशास्त्रको मान्यतालाई ठाडै उल्टाउने विचार व्यक्त गर्ने ब्रुनोलाई त झन् राक्षस घोषणा गर्दै चर्चको आदेशमा सन् १६०० मा जिउँदै जलाइएको थियो ।

इटालीका दुई महान् वैज्ञानिकहरु ग्यालिलियो र ब्रुनोले पनि पछि आएर विभिन्न अध्ययन एवं प्रयोगहरुबाट कोपर्निकसकै सिद्धान्त सही रहेको कुरा पुष्टि गरे । वैज्ञानिक ब्रुनोले त कोपर्निकसको विचारलाई अझ परिमार्जन गर्दै “ब्रम्हाण्डको सीमा नै छैन र ब्रम्हाण्डमा हाम्रा जस्ता सौर्यमण्डल अरु पनि थुप्रै छन्” भन्ने त्यसबेलाका नयाँ सिद्धान्तको पनि प्रतिपदान गरेका थिए ।

कोपर्निकसको सिद्धान्तलाई समर्थन र विस्तार गरेवापत ग्यालिलियोले पनि ठूलै सास्ती र अपमान भोग्नुपरेको थियो । ज्यान जोगाउनको लागि उनले सन् १६३३ मा चर्चको अदालतमा आफूले गलत सिद्धान्तको प्रतिपादन एवं पक्षपोषण गरेको, पृथ्वी नै केन्द्र रहेको भनी घुँडा टेकेर माफी माग्नुपर्यो । तर पनि उनले मुक्ति पाएनन् । उनलाई आजीवन कैद गरियो ।

धर्मान्धता र गलत विचार सधैं टिक्न सक्दैन । सत्य कुरा सही साबित भएरै छाड्छ । विज्ञान र प्रविधिमा भएका विकासहरुले पछि आएर कोपर्निकस, ब्रुनो, ग्यालिलियोका सिद्धान्तहरु नै सही रहेको साबित गरेरै छाड्यो । त्यसलाई अहिले सबैले सही हो भनी स्वीकारेका छन् । त्यसबेला वैज्ञानिकहरुको हत्या गर्ने, अपमान गर्ने र कैद गर्ने चर्च पनि त्यो सिद्धान्तलाई सही मान्न बाध्य भइसकेको छ ।

यसरी आजभन्दा ४, ५ सय वर्षअगाडि यस्ता महान् सिद्धान्तको प्रतिपादन गर्ने कोपर्निकसलाई आधुनिक खगोलशास्त्रका पिता भनेर विज्ञान जगत्मा सम्मान गरिने गरिन्छ । उनको सम्मानमा विभिन्न देशहरुले हुलाक टिकट पनि जारी गरेका छन् । 

Main picture: https://www.bbvaopenmind.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप