मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : प्रेमपत्र

शनिबार, १४ असार २०७६, ११ : ५७
शनिबार, १४ असार २०७६

-किशोर सापकोटा
 

पहिलो दिनमै आँखा जुध्यो, अब तिमीलाई चिन्नु छ,
केही कुरा भन्नु छ, धेरै कुरा सुन्नु छ 
सपनाको संसारलाई, प्रेमपत्रमा लेख्नु छ,
वर्तमानको बुझाइमा, भविष्यलाई देख्नु छ ।१।

फकाएर तिमीलाई, माया प्रेम गाँस्नु छ,
तिमीलाई खुशी बनाएर, जिन्दगीभरी हाँस्नु छ
मेरो दिलमा तिमीलाई राखी, तिम्रो दिलमा बस्नु छ,
कहिल्यै नफुस्कने गरी, मायाको डोरी कस्नु छ ।२।

मेलापात गर्दागर्दै, एउटै खोला तर्नु छ
डोको नाम्लो बोकेर, सँगै बेसी झर्नु छ 
जुनी जुनी तिमीसँगै, यो जिन्दगी काट्नु छ
तिमीसँग सबै मेरा, सुखदुःख साट्नु छ ।३।

अगेनाको डिलमा बसी, तिम्रा कथा सुन्नु छ
संसारमा साँचो प्रेमको उदाहरण बन्नु छ
बोलेर मात्र होइन तिमीलाई, माया गरी देखाउनु छ,
तिम्रो दिल र मेरो दिलमा, अमिट प्रेम लेखाउनु छ ।४।

पहिलो भेटमै आँखा जुध्यो, अब तिमीलाई चिन्नु छ,
केही कुरा भन्नु छ, धेरै कुरा सुन्नु छ ।५।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप