शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३० वस्तुगत प्रश्नोत्तर

शनिबार, १४ असार २०७६, १२ : १४
शनिबार, १४ असार २०७६

१.    वन तथा वातावरण मन्त्रालयमातहतका दी टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभिई बनेको संस्था कुन हो ? 
- नेपाल वन निगम लिमिटेड ।
–    विद्यमान काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरूपता ल्याउन र समग्र वन पैदावारको नियमनका लागि दुवै निकाय मर्ज गरी सरकारले निगम गठन गरेको । 
–    चार दशक अघिदेखि काठ–दाउरा बेचविखन गर्दै आएका दुवै निकाय मर्ज भई बनेको निगमले काठ–दाउरा बिक्री–वितरणका लागि मुलुकभर डिलर र डिपो बनाउने साथै वृक्षरोपणका विविध परियोजना पनि अघि बढाउने । 
–    हाल डिभिजन वन कार्यालयले काठ लिलामी गर्दै आएको छ भने जिल्ला वन आपूर्ति समितिले बिक्री–वितरण गर्छ । त्यसैगरी टिम्बर कर्पोरेसन, वन पैदावार समिति, सामुदायिक वन र निजी वनले पनि काठको बिक्री–वितरण गर्दै आएका छन् । कर्पोरेसनले वन मन्त्रालय एवम् मन्त्रालयमातहतका निकायमार्फत काठ सङ्कलन र बिक्री गर्दै आएको छ भने समितिले आफैँ वृक्षरोपण गरेर हुर्किएका रूख बजारमा उपलब्ध गराउँदै आएको छ । 
२.    फोब्र्सद्वारा सन् २०१९ जुनमा सार्वजनिक सर्वाधिक कमाइ गर्ने विश्वका एक सय खेलाडीको सूचीमा पहिलो १० स्थानमा पर्न सफल खेलाडी को–को हुन् ? 
- लियोनल मेसी (अर्जेन्टिना, बार्सिलोना), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्ट्स), नेयमार (ब्राजिल, पीएसजी), क्यानेलो अल्भारेस (बक्सर, मेक्सिको), रोजर फेडेरर (टेनिस, स्वीट्जरल्यान्ड), रसेल विल्सन (फुटबल, अमेरिका), आरोन डोडगर्स (फुटबल, अमेरिका), लेब्रोन जेम्स (बास्केटबल, अमेरिका), स्टेफेन करी (बास्केटबल, अमेरिका) र केभिन डुरान्ट (बास्केटबल, अमेरिका) ।
३.    सातवटै प्रदेशद्वारा आ.व. २०७६÷७७ का लागि आ–आफ्नो प्रदेशसभामा वार्षिक बजेट कहिले पेस गरियो ? 
- विसंं २०७६ असार १ ।
–    आ.व. २०७६÷७७ का लागि सातै प्रदेशले कुल दुई खर्ब ५९ अर्ब ६० करोड रुपियाँको बजेट प्रस्तुत गरेका । आ.व. २०७५÷७६ मा सातवटै प्रदेशको कुल बजेट दुई खर्ब छ अर्ब ७७ करोड विनियोजन भएकोमा यो वर्ष २०७५÷७६ को तुलनामा २५ दशमलव ५५ प्रतिशतले वृद्धि भएको । 
–    विनियोजित बजेटमा सबैभन्दा धेरै बजेट प्रदेश ३ (४७ अर्ब ६० करोड) को र सबैभन्दा कम सुदूरपश्चिम प्रदेश (२८ अर्ब १६ करोड) को रहेको । 
–    त्यस्तै, विनियोजित बजेटमा प्रदेश १ को ४२ अर्ब २० करोड, प्रदेश २ को ३८ अर्ब ७२ करोड, गण्डकी प्रदेशको ३२ अर्ब १३ करोड, प्रदेश ५ को ३६ अर्ब ४४ करोड एवम् कर्णाली प्रदेशको ३४ अर्ब ३५ करोड रहेको । 
–    विभिन्न प्रदेशले भौतिक संरचना निर्माणलाई विशेष प्राथमिकता दिँदै मोनोरेल, केबलकार, सुरुङमार्गजस्ता योजनासमेत अघि सारेका । 
४.    अव्यवस्थित पार्किङको समस्या समाधान गर्ने उद्देश्यसाथ काठमाडौँ महानगरपालिकाले प्रविधिमा आधारित स्मार्ट पार्किङ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ? 
- विसं २०७६ असार १ ।
(सेवा प्रयोग गर्न चाहने व्यक्तिहरूले स्मार्ट फोनमा ‘केटीएम पार्क’ नामक एप डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सक्ने । सेवाग्राहीले पहिला ‘केटीएम पार्क’ एपमा गई दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन छनोट गरी पार्किङ बुक गर्न सकिने । बुकिङ गर्ने सेवाग्राही १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नुपर्ने ।)
५. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?
- जेरेन्टोलोजी ।
६.    मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ? 
- चोभार, काठमाडौँ ।
–    एक सय टन तौलको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो प्रस्तर मूर्ति रहेको । 
–    ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा उहाँसहित आठ कलाकारद्वारा आठ वर्ष लगाई १३ वटा ढुङ्गा जोडेर बनाइएको । 
–    प्रतिमा परिसरमा करिब ३७ रोपनी क्षेत्रफलमा आकर्षक पार्कसमेत निर्माण गरिने । 
७.    अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्नेसम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ? 
- १५ बुँदे ।
–    विभिन्न १४ अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई, अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका । 
–    संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओहरूको सङ्घ, अस्ट्रेलियन एड, कोरियन विकास संस्था (कोइका), फिनल्यान्ड दूतावास, जर्मन सहयोग नियोग, नेदरल्यान्ड विकास सङ्गठन, अमेरिकी दूतावास, युके एड तथा जाइकाले आधारभूत मार्गदर्शन जारी गरेका ।
–    कार्यसञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलोपटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र सोपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको । 
८.    नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ? 
- सन् १९९४ ।
९.    विसंं २०७६ वैशाखमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको नारा के हो ? 
- हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ ।
११.    भारतले अमेरिकी सामानमा अतिरिक्त कर कहिलेदेखि लगाउन सुरु गरेको हो ? 
- सन् २०१९ जुन १६ ।
(अमेरिकाका तर्फबाट आल्मुनियम र स्टिलमाथि भारतले पाइरहेको छुट फिर्ता लिएको जवाफमा भारतले सो कदम चालेको बताइएको ।)
१२.    ऐतिहासिक एवम् धार्मिक महŒवको रमणीयस्थल नरसिंहकोट कहाँ छ ? 
- बागलुङ ।
–    यो स्थानमा नरसिंहकोट, कालिका, नन्देली, भीमसेन र जयन्तीका पाँच छुट्टाछुट्टै मन्दिर रहेका । 
–    यहाँ बडादसैँ, वैशाखे पूर्णिमा र मङ्सिरको पूर्णिमामा दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकको विशेष जमघट हुने । 
–    समुद्र सतहदेखि झन्डै पाँच हजार फिटको उचाइमा रहेको यस क्षेत्रबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमालका साथै बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, प्युठान एवम् रुकुमका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिने ।
–    चार हजार पर्वतको कोटका रूपमा चिनिने यो क्षेत्रमा वनभोजस्थल, अतिथिगृह, भ्यु प्वाइन्ट र पैदल यात्रालगायतका संरचना निर्माण गरिएको ।
१३.    नेपालको कुन ठाउँमा खस सङ्ग्रहालय निर्माण गर्न थालिएको छ ? 
- सिञ्जा (जुम्ला) ।
–    सिञ्जा गाउँपालिका वडा नं. २ विष्टबाडामा सङ्ग्रहालय निर्माण गर्न सुरु गरिएको । 
–    नेपाली भाषाको उद्गमस्थल सिञ्जा सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य क्षेत्रमा पनि परेको । 
१४.    टी टेस्टिङ तथा अनुसन्धान केन्द्र कहाँ निर्माण गरिने भएको छ ? 
- कन्याम (इलाम) ।
–    इलामस्थित सूर्योदय नगरपालिकाको कन्याममा प्रदेश १ सरकार र नगरपालिकाको साझेदारीमा टी टेस्टिङ तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको । 
–    चियाको बजार प्रवद्र्धनका लागि यो महŒवपूर्ण केन्द्र हुने विश्वास गरिएको । 
१५.    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानसभा २०६४ र २०७० का सदस्यहरूलाई संविधानसभा पदक कहिले प्रदान गरिएको हो ? 
- विसंं २०७६ जेठ १६ ।
१६.    विसंं २०७६ मा प्रदान गरिएको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? 
- उमेशकुमार ओझा (सम्पादक, युवामञ्च) ।
१७.    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सूचना प्रविधिको खतरालाई लिएर सङ्कटकाल घोषणा कहिले गरिएको हो ? 
- सन् २०१९ मे १६ ।
१८.    जापानका नयाँ सम्राट नारुहितोद्वारा औपचारिक रूपमा राज्यारोहण कहिले भएको हो ? 
- सन् २०१९ मे १ ।
–    नारुहितो जापानको १२६औँ सम्राट बनेपछि रेवा नाम दिइएको नयाँ युग आरम्भ भएको । जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्यता भन्ने हुने ।
–    राज्यारोहणपश्चात् पहिलोपटक सम्बोधन गर्दै नारुहितोले विश्वको जनताको सुख, देशको प्रगति र विश्व शान्तिको कामना गरेका । 
–    जापानमा सम्राटलाई ईश्वर मानिन्थ्यो । तर, नारुहितोका हजुरबुवा सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले आत्मसमर्पण गर्दा सार्वजनिक रूपमै दैवीशक्ति परित्याग गरेको घोषणा गरेका थिए । 
१९.    नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक कहिले प्रकाशन गरिएको हो ? 
- विसंं २०७६ असार ६ ।
२०. स्टाफेफेक्ट भनेको के हो ?
- एन्टिबायोटिकको विकल्पका रूपमा वैज्ञानिकहरूद्वारा विकास गरिएको नयाँ औषधि ।
२१.    नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठकद्वारा भारतको भूमि हुँदै बङ्गलादेशसम्म डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन बनाउने सहमति कहिले भएको हो ? 
- सन् २०१९ जुन २१ ।
(यसअघि भारतले समेत नेपाल र बङ्गलादेशबीच सिधा विद्युत् व्यापारका लागि भारतीय भूमिबाट आफ्नो स्वीकृतिमा छुट्टै प्रसारण लाइन बनाउन सक्नेगरी आफ्नो क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका संशोधन गरेको ।)
२२.    पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ? 
- उरुग्वे ।
–    १३ राष्ट्रको सहभागिता रहेको पहिलो विश्वकप फुटबल प्रतियोगिता सन् १९३० मा भएको । 
–    फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको । 
–    सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ४८ हुने ।
२३.    बेस्ट पर्सनालिटी अफ द इयर अवार्ड २०७५ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? 
- कुलमान घिसिङ ।
(नेपाललाई लोडसेडिङमुक्त गराउन महŒवपूर्ण भूमिका निर्वाह गरेबापत इमेज ग्रुप अफ कम्पनीद्वारा घिसिङलाई सो सम्मान प्रदान गरिएको ।)
२४.    मिस्टिका नामक पुस्तकका लेखक कुमार नगरकोटी हुन् भने एकलव्य दृष्टिका लेखक को हुन् ? 
- डा. रवीन्द्र समीर ।
२५.    नेपाल प्रहरीमा एआईजी नियुक्त हुन सफल पहिलो महिला को हुन् ? 
- डा. दुर्गा थापा (विसंं २०७५ कात्तिक) ।
२६.    भ्एन् (इपीजी) को पूरा रूप के हो ? 
- इमिनेन्ट पर्सन ग्रुप ।
२७.    अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ कहिलेदेखि लागू भएको हो ? 
- विसंं २०७५ असोज २ ।
२८.    अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ? 
- कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा ।
२९.    अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ? 
- कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।
–    सो ऐनअनुसार ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा हो । 
–    त्यस्तै, विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम अपाङ्गता भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेषप्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो । 
३०.    आर्थिक सर्वेक्षण २०७५÷७६ अनुसार कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान कति हुने अनुमान छ ? 
- ७ दशमलव ०६ प्रतिशत (आव २०७५÷७६ मा यस क्षेत्रको वृद्धिदर ५ दशमलव ७ प्रतिशत रहने अनुमान)
–गोरखापत्रबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप