सडक दुर्घटनामा मानवीय क्षति बढ्यो : मन्त्री कार्की
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनामा मानवीय क्षति ज्यादा भएकाले यसको न्यूनीकरण आवश्यक रहेको बताएका छन् ।
‘विकासका लागि सुरक्षा र सचेतना’ नारासहित आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रममा उनले चालकको लापरवाही र सर्वसाधारणले ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनामा वृद्धि भएकाले सचेतना आवश्यक रहेको धारणा व्यक्त गरे ।
मन्त्री कार्कीले प्रदेश ट्राफिकलाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक पर्ने अत्याधुनिक सामग्री उपलब्ध गराउँदै आएको बताउँदै प्रहरी कार्यालयमा रहेका मुद्दा र दाबी नागरिएका सवारीसाधन लिलाम गराउन प्रदेश सरकारले कानून बनाउने जानकारी दिए ।
प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले ट्राफिक प्रहरी ‘प्रविधिमैत्री’ बनाउनुपर्नेमा जोड दिँदै सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटना कम हुने बताए ।
प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले अन्य प्रदेशभन्दा साधनस्रोतले सम्पन्न भएको यस अवस्थामा ट्राफिक प्रहरीले जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हतारले दुर्घटना निम्त्याउने हुनाले ट्राफिक नियमको सधँ पालना गर्न आग्रह गरे । सो अवसरमा मोरङ, सुनसरीका ट्राफिकसँग आवद्ध प्रहरी, सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।
प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ को अहिलेसम्म एक हजार १२८ सडक दुर्घटनाबाट ३३४ को मृत्यु भएको छ भने दुई हजार १३४ घाइते भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का