लुम्बिनी भ्रमण वर्ष सफल बनाउँन ठाउँ–ठाउँमा ‘रोड सो’ सम्पन्न
बुटवल–लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत ठाउँ–ठाउँमा रोड सो सम्पन्न भएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यवसायीले सातै प्रदेशमा कार्यक्रम गरी निम्तो दिएका छन् ।
आइतबार मात्रै ४ दिनको पश्चिम नेपालको रोड–सो सकेर फर्किएको व्यवसायीले जनाएका छन् ।
तेस्रो चरणको रोड–सोका क्रममा स्थानीय तह र प्रदेश सरकारलाई उनीहरुमार्फत स्थानीयलाई निम्ता दिइएको कार्यक्रम संयोजक एवं सिद्धार्थ होटल एशोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरेले बताए ।
बिहीबार लुम्बिनीबाट सुरु गरि पश्चिम नेपालको कंचनपुरसम्मका स्थानीय सरकार, प्रदेश सरकार र आम नागरिकलाई निमन्त्रणा गरि फर्किएको घिमिरेले जनाए ।
लुम्बिनीसहित कपिलवस्तु, नवलपरासी र अन्य स्थानमा रहेका बुद्ध जिवनीमा आधारित क्षेत्रहरूको प्रबद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत रोड–सो कार्यक्रम पश्चिम नेपालमा विभिन्न एक दर्जन ठाउँमा गरिएको हो ।
संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुर्याउने र प्रदेश पाँचलाई मुलुककै पहिलो पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित लुम्बिनी भ्रमण घोषणा गरि मनाइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले बताए । प्रदेश सरकारले भ्रमण वर्षभर करिब २० लाख पर्यटक लुम्बिनी ल्याउने लक्ष्य लिएको छ ।
रोड सो अन्तर्गत बर्दियामा पर्यटन व्यवसायीसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले बर्दिया र लुम्बिनीलाई जोडेर पर्यटन विकास गर्दा आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।
बर्दियाको बाघ हेर्ने आउने पर्यटक र लुम्बिनी आउने पर्यटक एकअर्का ठाउँमा आउजाउ गर्न सक्ने व्यवस्था मिलाउन सके प्रदेश समृद्धिको आधार तयार हुने पर्यटन विकास मंच बर्दिया अध्यक्ष मोहन चौधरीले बताए ।
‘प्रदेश पाँचका मुख्य गन्तव्य भनेकै लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्ज हुन्, यी दुबै ठाउँको फरकफरक विशेष छ, त्यसैले हरेक हिसावले यी ठाउँ जोडेर अन्य गन्तव्यको विकास गर्नुपर्छ’, उनले भने ।
उनले पर्यटन प्रवद्र्धन गर्नका लागि राज्यले अझै ध्यान दिनुपर्ने बताए । विश्वका पर्यटकको ध्यान लुम्बिनी र बर्दिया निकुञ्जमा पुर्याउनका लागि सरकार र निजी क्षेत्रले अझै सहकार्य गर्नु पर्ने मंचका सचिव रेशम थापाले बताए ।
यसअघि पहिलो चरणमा पाल्पा, पोखरा हुँदै काठमाडौंसम्म र दोस्रो चरणमा पूर्वी नेपालमा रोड–सो गरिएको थियो ।
चौंथो चरणअन्तर्गत् साउन–भदौतिर भारतको कुशिनगर, सारनाथ लगायतका क्षेत्रमा रोड–सो कार्यक्रम गर्ने प्रदेश सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी