नर्सिङको नतिजा खस्कियो, ३५ प्रतिशत नर्समात्रै उत्तीर्ण
काठमाडौं–नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्रै नर्सले नाम निकाल्न सफल भएका छन् । नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल भएको परिषद्ले जनाएको छ ।
परिषद्ले असार १४ गते शनिबार लिएको परीक्षामा स्टाफ नर्स र बिएस्सी नर्सिङका एक हजार ५ सय १ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ५ सय २६ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
नर्सिङको अध्ययन सकेपछि परिषदको लाइसेन्स परीक्षामा नाम निकाल्न सकेको खण्डमा मात्रै नर्स काम गर्न योग्य हुन्छन् । तर परीक्षा दिएका मध्ये ६५ प्रतिशत नै अनुत्तीर्ण भएपछि नेपालको नर्सिङ क्षेत्रको अध्ययन राम्रो नभएको र त्यस्ता व्यक्तिले प्रदान गर्ने सेवाको गुणस्तरमा प्रश्न उब्जिएको छ ।
नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. गोमा निरौलाले यो वर्षको नतिजा निराशाजनक आएको बताइन् । नर्सिङ लाइसेन्सको लागि परिषदले वर्षमा ३ पटक परिक्षा लिँदै आइरहेको छ ।
हाल देशभर ९२ वटा इन्स्टिच्युटमार्फत नर्सिङ अध्ययन हुँदै आइरहेको छ । काउन्सिलका अनुसार हाल नेपालमा ८८ हजार नर्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै