जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट
बिहीबार, १९ असार २०७६, १८ : ४१
काठमाडौं– जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा हस्पिटलकाका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरे । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन