शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शहीदनगर नगरपालिकाको बजेट ४३ करोड १२ लाख

बिहीबार, १९ असार २०७६, २२ : ३५
बिहीबार, १९ असार २०७६

जनकपुरधाम-धनुषाको शहीदनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७का लागि ४३ करोड १२ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । 
बिहिबार शहीदनगर नगरपालिकाको भएको तेस्रो नगरसभामा प्रस्तुत गरिएको कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । बजेटमा कृषिका अतिरिक्त शिक्षा, स्वास्थ्यलाई समेत ग्राह्यतामा राखिएको छ । 
कुल बजेटको पुजिगत तर्फ १७ करोड ६७ लाख ६५ हजार, चालु तर्फ ९ करोड १० लाख ९९ हजार विनियोजन गरिएको छ । त्यस्तै सशर्त अनुदान तर्फ १६ करोड ३४ लाख रहेको छ । वडा स्तरमा विकास गर्नका लागि प्रत्येक वडाका लागि १ करोड बजेट छुट्याइएको छ ।  
राजश्व वाँडफँडबाट १० करोड ४२ लाख ७९ हजार अनुमानित आय रहेको छ । जसमा  संघ सरकारबाट ९ करोड ९३ लाख, पदेश सरकारबाट ४९ लाख ७९ हजार रहेको छ । आन्तरिक श्रोतबाट ३ लाख रुपैया अनुमानित आय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप