शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इण्डोनेशियन बुटिक फेस्टिबलमा फेसन शो (फोटोफिचर)

शुक्रबार, २० असार २०७६, ११ : ५१
शुक्रबार, २० असार २०७६

काठमाडौँ । राजधानीमा पहिलो पटक इण्डोनेशियन बुटिक फेस्टिबलको आयोजना हुँदै छ । नेपाल र बङ्गलादेशका लागि इण्डोनेशियाको राजदुतावासको आयोजना र नेपालका लागि आईएमई ग्रुप र आईएमई ट्राभल्सको सह–आयोजनामा सो बुटिक फेस्टिबलको आयोजना गरिएको हो ।

सन् १९६० देखिको नेपाल र इण्डोनेशिया दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिदै यी दुई देशबीचको आर्थिक सामाजिक तथा साँस्कृतिक सम्वन्धलाई अझ प्रगाढ बनाउँदै पयर्टन क्षेत्रमा एकअर्कामा सहयोग पु¥याउन यस बुटिक फेस्टिबलको आयोजना गरिएको आयोजकले जनाइएको छ ।

फेस्टिबलको उद्घाटन नेपाल र बंगलादेशका लागि इण्डोनेशियाका राजदुत एचई.मिस.रीना पी.सोम्यार्नो र नेपालका लागि इण्डोनेशियाका प्रतिनिधी तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन पश्चात बुटिक फेस्टिबलमा इण्डोनेशियाको संस्कृति झल्कने पहिरन तथा नृत्य प्रदर्शन गरिएको थियो । फेसन शोमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ शो स्टपर बनेकी थिइन् ।

बुटिक फेस्टिबल राजधानीको होटल अन्नपूर्णमा बिहिबार साँझदेखि शुरु भएको छ भने आज शुक्रबार समापन गरिने छ ।

तस्विर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप