शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए युएईको अधिवेशन स्थगित, विवाद मिलाउन समिति गठन

शुक्रबार, २० असार २०७६, १५ : १६
शुक्रबार, २० असार २०७६

युएई । शुक्रबारदेखि हुने भनिएको एनआरएनए क्षेत्रीय समितिको अधिबेशन एकाएक स्थगित गरिएको छ। हिजो बिहीवार कार्यसमितीको आस्कमिक बैठकले उक्त निर्णय गरेको हो।

हिजै बैठकले एनए (नेपाली एसोसिएसन) र एनआरएनए (गैर आवासीय नेपाली संघ) युएईबीच रहेको बिबाद मिलाउन समिति समेत गठन गरिएको छ।

उक्त समितिमा एनआरएनए मध्यपूर्व उप सम्योजक गोपाल कँडेल सहित (नेपाली एसोसिएसन) युएईका अध्यक्ष रमेश श्रेष्ठ ,मेघराज सापकोटा, निमेष गिरी, श्याम कडेल, बाबुराम बिश्वकर्मा, चित्र केसी,खेमराज बस्नेत र राजेश दर्शन अर्याललगायत रहेका छ्न्।  

समितीले अध्यन र छलफल गरि एनए (नेपाली एसोसिएसन) र एनआरएनए (गैर आबासिय नेपाली संघ) युएईबीच रहेको कानुनी जटिलताको समाधान गर्न सुझावसहितको प्रतिवेदन पेश गर्नेछ।

एनसीसी युएईका केही सदस्य र पदाधिकारीहरु मिलेर दुबईको कम्युनिटी डेभलेपमेन्ट अथोरिटी (सिडीए) मा नेपाली एसोसिएसन नामक संस्था दर्ता भएपछि एनआरएनए आइसिसीको बिधान सम्बत नभएको भन्दै बिबाद सुरु भएको थियो।

बर्तमान कार्यसमितिका केही सदस्यहरुले अधिवेशन गरे सिडिएको विधान विपरित हुने भन्दै अर्को कार्यकाल लम्ब्याउने खेलमा लागेको आरोप लगाउदै युएईमा रहेका कृयाशील केही राजनितिकका भातृ सगठनहरुले सक्रियता देखाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप