शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन अष्ट्रेलियाको चुनावमा एसएमएस आतङ्क

शनिबार, २१ असार २०७६, ११ : २२
शनिबार, २१ असार २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि भएको निर्वाचनमा समूहगत भिडन्त भएको छ । संघको राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावलीमा उम्मेदवारले  राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भएपनि सोको उलंघन गर्दै एनआरएन अष्ट्रेलियामा समावेशी र साझा समूहको नाममा दुई प्यानलबीच चुनावी भिडन्त भएको हो । 
समावेशी (नेकपा निकट) प्यानलको नेतृत्व दिनेश पोखरेलले गरेका छन् भने साझा (काँग्रेस निकट) प्यानलको नेतृत्व केशव कडेलले गरेका छन् । 

शनिबार भएको निर्वाचनमा दुबै प्यानलका उम्मेदवारले आफ्नो पक्षमा मत तान्न निर्वाचन अवधिमा समेत आचारसंहिता विपरितका कार्यहरु गरेको गुनासो आएको छ।

केही उम्मेदवारले सोबारेको उजुरी एनआरएन निर्वाचन आयोगमा गरेका छन् । उनीहरुले निर्वाचनका बेला मतदातालाई  आफ्नो पक्षमा पार्न एसएमएस पठाएरको भन्दै उजुरी गरेका हुन् । अष्ट्रेलियामा रहेका एक एनआरएन नेताले नेपालको संसदीय निर्वाचनलाई झल्को दिनेगरी एसएमएस आतंक फैलाउने काम भएको भन्दै यसलाई रोक्न आफूहरुले एनआरएन निर्वाचन आयोगलाई जानकारी गराएको बताए । 

भाेट हाल्न अनुराेध गरिएकाे एसएमएसकाे एक स्कृनसट

उनका अनुसार अहिले निर्वाचन आयोगले सम्बन्धित उम्मेदवारलाई यस्तो कार्य नगर्न सचेत गराएको छ । तैपनि एसएमएस पठाइने कार्य भने रोकिएको छैन। 

नयाँ नेतृत्व चयनका लागि अष्ट्रेलियाका आठ वटै राज्यमा शनिबार निर्वाचन भइरहेको हो । अष्ट्रेलियामा मतााधिकार भएका ११ हजार ६११ मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी सिड्नीमा ४ हजार ६४५ मतदाता रहेका छन् । 

निर्वाचनको मतपरिणाम शनिबार रातीसम्ममा आइसक्ने एनआरएन अष्ट्रेलियाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप