शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सँगसँगै क्रान्ति, परिवर्तन र विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने आवश्यकता : मन्त्री सोनल

शनिबार, २१ असार २०७६, १६ : १५
शनिबार, २१ असार २०७६

जनकपुर । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघीयतासहित लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि प्रदेश सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । 

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा सम्वद्ध मन्त्रालयको कामकारवाहीको बारेमा आएको गुनासो सुनेपछि भौतिक पूर्वाधार विकास मन्त्री सोनलले मन्त्रालय, प्रदेश सरकार र प्रदेश सभा सञ्चालनका लागि लोकतान्त्रिक पद्धती अनुरुप नै बाध्यावश पनि कांग्रेस र नेकपाका साथीहरुलाई मागअनुसार दिन नसकेपनि बजेट अनुरुपको योजनाहरु दिएर काम गरेको बताए ।

उनले भने, ‘कांग्रेस र नेकपाका मान्छेहरु मन्त्रालयमै आएर पैसा मागेपछि विभिन्न योजनाहरु दिएर भएपनि सत्तापक्षको हैसियतले बजेट सञ्चालन गरेर महाधर्म गरेकै हो, र संघीयतासहित लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि धर्म गरेको हुँ ।’

उनले सँगसँगै क्रान्ति, परिवर्तन र विकासका लागि सबै दल मिलेर अघि बढेमा समृद्ध प्रदेश निर्माण हुने बताए । उनले यथास्थितीबाट समाजलाई उन्मुक्ती दिई विकासतर्फ लैजान हामी अझै पनि प्रयत्नशील रहेको दावी गरे । 

उनले चेतना र सकारात्मक सोच अनुरुप अघि बढ्नका लागि सबैमा आग्रह गर्दै भने, ‘प्रदेश सरकार गठन भएको १७ महिना मात्रै भएको र संयन्त्र बनेको १ वर्ष पनि नभएकाले अहिले पनि सोचे अनुसारको काम कारवाही गर्न र सरकार सञ्चालनका लागि विभिन्न कठिनाईहरु भएको छ ।’

उनले केन्द्रीय सरकारले ढिला गरी कर्मचारीहरु विभिन्न प्रक्रिया हुँदै कर्मचारी समायोजनबाट पनि ढिलोमा कर्मचारीहरु आएपछि बाध्यतावश उपभोक्ता समितिमार्फत नै विकास निर्माणका कामहरु गर्नुपरेको प्रष्ट्याए । 

उनले अब नयाँ आर्थिक वर्षदेखि हरेक विकास निर्माणका कामहरु टेण्डर प्रक्रियाबाटै हुने पनि बताए । उनले अझ प्रष्ट पार्दै भने, ‘अब आउँदो आर्थिक वर्षदेखि प्रक्रिया र व्यवस्थाबाट नै काम कारवाही हुनेछ ।’

उनले केन्द्र सरकारमाथि आरोप लगाउँदै केन्द्र सरकारले व्यक्तिगत र संस्थागत छवि बिगार्नका लागि विभिन्न चलखेर र षड्यन्त्रमा व्यस्त रहेको बताए । अराजकता फैलाएर सिस्टम नै धरासायी गर्नेतर्फ लागिपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप