बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाको खालबाट ७ जना पक्राउ

शनिबार, २१ असार २०७६, १७ : ५३
शनिबार, २१ असार २०७६

बुटवल । दाङले तुलसीपुरमा जुवाको खालबाट ७ जना पक्राउ परेका छन्  । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–१३ तुइखोलाबाट प्रहरीले ७ जनालाई पक्राउ गरेकोे जनाएको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–११ वस्ने ४८ बर्षीय जनक बाँठा, सोही ठाउँको बेलटाकुरा बस्ने २९ बर्षीय सुरेश चन्द, तुलसीपुर–६ रजौरा बस्ने ५६ बर्षीय तिलकबहादुर बस्नेत, सोही ठाउँका ४३ बर्षीय हेमन्त वली, तुलसीपुर–१२ जसपुरका ४४ बर्षीय धनबहादुर केसी, तुलसीपुर–१३ ढकना बस्ने ६५ बर्षीय मोतिराम बस्नेत, दंगीशरण गाउँपालिका ४ वैबाङ्ग बस्ने ३९ बर्षीय सन्तोष शर्मा रहेका छन् ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए  ।

तुलसीपुर १३ तुईखोलास्थित प्रकाश कार्कीको एक तले पक्की घरको पश्चिम तर्फको कोठामा कौडा खेलिरहेको अवस्थामा एकलाख ६२ हजार नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा, निलो रङको तास नखोलेको २ थान, खोलेको तास ३ थान, बिभिन्न कम्पनिका मोबाईल ९ थान, कौडा खेल्न प्रयोग हुने च्यादर एकथान बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को सार्वजनिक नैतिकता विरुद्धको दफा १२५ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप