घरको ढोकामा चढिरहेको थियो विशाल छेपारो, मानिसहरुले गोही ठाने
मलेशियामा एउटा यस्तो छेपारोको तस्बिर भाइरल भइरहेको छ जुन हेर्दा गोहीजस्तो देखिन्छ । यो छेपारोलाई एक व्यक्तिले देखेपछि फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे । त्यतिबेलादेखि यो छेपारो सोसल मिडियाका प्रयोगकर्ताबीच कौतुहलको विषय बनेको छ ।
वास्तवमा, मलेशियाको जाहोरमा एक व्यक्तिले ढोकामा चढिरहेको एक विशाल छेपारो देखे । त्यो छेपारो घरभित्र छिर्ने कोसिस गरिरहेको थियो । ती व्यक्तिले तुरुन्त उक्त छेपारोको फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे जहाँ थुप्रै मानिसले उक्त छेपारोलाई विभिन्न नाम दिइरहेका छन् ।
यो भिमकाय छेपारोलाई ‘मोनिटर लिजार्ड’ (Monitor Lizard) भनिँदै छ । यस्तै कतिले छेपारोको विशेषता र आकारका कारण ‘गोडजिला’ (Godzilla) पनि भनिरहेका छन् ।
जुन व्यक्तिले तस्बिर पोष्ट गरेका छन् उनको नाम लंग चेंर्ग यी हो । उनले सेल्फी पनि पोष्ट गरेका छन् । त्यति ठूलो छेपारोलाई आफ्नो घरको ढोकामा झुण्डिरहेको देखेर उनी चकित भए । उनले छेपारोका विभिन्न तस्बिर पोष्ट गरेका छन् । उनको पोष्टलाई अहिलेसम्म तीन हजार ६ सय बढी सेयर भइसकेका छन् ।
केही बेरपछि त्यहाँ सुरक्षाकर्मी पनि पुगेका छन् । यद्यपि, अहिलेसम्म उक्त छेपारो त्यहाँसम्म कसरी पुग्यो भन्ने केही पत्ता लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति